टोकियो/जापान । जापानमा बसोबास गर्ने धेरै विदेशीहरुलाई कोठा/घर भाडामा लिनु तथा एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्नु एकदमै गाह्रो काम हुनेगर्दछ । त्यसो त घर/कोठा भाडामा लिन या किन्नु सबैकालागि गाह्रो नै हुन्छ तर जापानमा रहेका विदेशीहरुलाई भाषागत ज्ञानको अभाव तथा जापानको कोठा भाडामा दिने र लिने फरक तरिकाको कारणले गर्दा विदेशीहरुलाई तुलनात्मकरुपमा धेरै गाह्रो हुने गर्दछ ।
२७ लाख ६० हजार जनाभन्दा बढी विदेशीहरु बसोबास गर्ने जापानमा,अधिकांस विदेशीहरुलाई जापानमा कोठा कसरी सहजरुपमा खोज्ने ? कोठा खोज्दा के के कुराको ध्यान दिने ?कोठा भाडामा लिन के के चाहिन्छ ? जापानमा कस्तो कोठालाई के नामले चिनिन्छ लगायतका जानकारीको अभाव देखिन्छ । जसका कारण कोठा भाडामा दिने र लिने दुवै पक्षलाई समस्या पर्दै आएको छ ।
यिनै समस्याहरुलाई सम्बोधन गर्दै जापान सरकार भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय विभिन्न भाषामा जापानमा कोठा खोज्ने गाईडबुक तयार पारेको छ । अनलाईनमा सजिलै पढ्न सकिने यो गाईडबुक नेपाली भाषामा पनि उपलब्ध छ । यदि तपाई आँफै जानकार बन्न चाहनुहुन्छ या भविष्यमा घर/कोठा सर्दा,भाडामा लिँदा सहज होस भन्ने चाहनुहुन्छ भने यो सामग्री तपाईको लागि उपयोगी हुनसक्छ । हेर्नुहोस् नेपाली भाषामा जापानमा कोठा खोज्ने गाईडबुक
त्यसो त पछिल्ला केहि वर्षयता जापानमा नेपाली फुदोउसान( घरजग्गाको काम गर्ने कम्पनी)हरु पनि नभएका होईनन् । यद्यपी आफैँले जानेर बुझेर घर/कोठा लिन सके जापानको बसाई अझ सरल र सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




