टोकियो/जापान । जापानमा वैधानिकरुपमा वसोवास गर्ने नेपालीहरुको कुल संख्या ९७ हजार १ सय ९ जना पुगेको छ । जापान सरकारको अध्यागमन बिभागले घोषणा गरेको पछिल्लो तथ्यांक अनुसार यो संख्या कायम भएको हो ।
जापान सरकारले हालै जारी गरेको,जापानमा रहेका विदेशीहरुको पछिल्लो तथ्याङ अनुसार, विदेशीहरुको कुल सख्या २७ लाख ६०हजार ६३५ रहेको छ। यो अघिल्लो बर्षको तुलनामा १लाख २६ हजार ४८१ ले कमी हो। जापानमा चीन, भियतनाम, कोरिया, फिलिपिन्स, ब्राजिल पछिको ठुलो जनसख्यामा बसोबास गर्ने बिदेशीहरुमा नेपाली पर्दछन्। नेपाली पछी क्रमशः इन्डोनेसिया, अमेरीका, ताइवान र थाइल्यान्ड पर्दछ।
कोरोनाको कारणले जापानमा अधिक बसोबास गर्ने १० मुलुकहरुका मानिसहरु मध्ये नेपाली बाहेक सबैको जनसख्या घटेको छ। तर कोरोना महामारी तथा सीमा प्रतिबन्धका बाबजुद पनी नेपालीहरुको जनसख्या ९७ हजार १०९ पुगेको छ। यो संख्या गत बर्षको भन्दा १,१२७ ले जनाले बढि हो।
अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ । जापानमा बसोबास गर्ने सबै भन्दा धेरै जनसंख्या ७ लाख १६ हजार ६०६ चिनिया, दोस्रोमा भियतनामका ४ लाख ३२ हजार ९३४ र क्रमश कोरिया, फ़िलिपिन्स, ब्राजिल, इण्डोनेसिया, अमेरिका ताइवान रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




