एजेन्सी । बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ ।खबर अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।
मलाइकाका साथीले दिए जानकारी
मलाइका अरोडाका नजिकका साथीले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार मलाइकाको घाउमा टाँका लगाइएको छ र हाल उनको अवस्थामा राम्रो छ । उनका अनुसार मलाइका दुर्घटनाका कारण ‘शक’मा भने परेकी छिन् । टाउको नजिकै उनले कुशन राखेको भएर उनलाई खासै चोट नलागेको पनि ती साथीले जानकारी दिए ।
मलाइकाको रेन्ज रोवर गाडी दुर्घटना भएको हो । दुई गाडीबीच उनको गाडी फस्यो र दुर्घटना भयो । मलाइका कुनै फेशन कार्यक्रममा समावेश हुनका लागि यात्रामा थिइन् ।
एपोलो अस्पतालका अनुसार नायिकाको टाउकोमा हल्का चोट लागेको छ । मलाइकाको सिटी स्क्यान गरिएको छ जसमा उनको रिपोर्ट राम्रो आएको छ । उनलाई शनिबार रातभरी अब्जरभेसनमा राखिएको छ र आइतबार उनलाई डिस्चार्ज गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




