टोकियो/जापान । जापान आफने जो कोहि विदेशीहरुले भन्ने गर्दछन् कि जापान विकसित भएर पनि विदेशी मैत्री मुलुक होईन । जापान पश्चिमा विकसित मुलुकहरुझै उदार छैन ।

जापानीहरु आफ्नो समुदाय र आफैँभित्र संकुचित छन् भन्ने गुनासाहरु पटक/पटक विभिन्न सामग्रीहरुमा सुन्न/पढ्न तथा हेर्न पाईन्छ । अहिले पछिल्लो पटक टोकियो बार एसोसिएशनले गरेको एक सर्वेक्षणले जापानका प्रहरी प्रशान समेत विदेशी मैत्री नभएको पुष्टि गरिदिएको छ ।

टोकियो बार एसोसिएशनले हालसालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार अधिकांस विदेशीहरुलाई कुनै कारणनै नभएपनि विदेशी हो भन्ने आधारमै सोधपुछ तथा केरकार गर्ने गरेको देखिएको छ । सो सर्वेक्षणमा सहभागी २ हजार ९४ जना विदेशी नागरिकहरुले दिएको प्रतिकृया अनुसार ६२.९ प्रतिशत विदेशीहरुलाई जापानमा विदेशी भएकै कारण उनिहरुको अनुहारको रंगको आधारमा विनाकारण सोधपुछ गर्ने गरेको भेटिएको छ ।

यद्यपी, जापानले मुलतः विदेशी या स्वदेशी सबैलाई सम्मान व्यवहार गर्ने मुलुक दावी गर्ने गरेको भएता पनि व्यवहारमा भने विभेदको ठूलो खाडल रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । पछिल्लो सर्वेक्षणमा सहभागी विदेशीहरुमध्ये ५०.४ प्रतिशतलाई पछिल्लो ५ वर्षको अवधीमा प्रहरीले विना कारण ५ पटकसम्म चेकजाँच/सोधपुछ गरेको बताएका थिए । त्यस्तै उनिहरु मध्ये १०.८ प्रतिशतलाई ६ देखि ९ पटकसम्म पनि प्रहरीले सोधपुछ गरेको बताएका थिए । सहभागी मध्ये ११.५ प्रतिशतलाई त १० पटक भन्दा बढि समेत सोधपुछ गरेको बताएका थिए ।

जापान सरकार तथा प्रहरी कानुनले शंकास्पद व्यवहार देखिएको तथा कुनै आपराधिक गतिविधिहरुसंग जोडिएको हुनसक्ने आशंका लागेको खण्डमा जोसुकैसंग सोधपुछ गर्न सकिने व्यवस्था गरेको छ । तर सर्वेक्षमा सहभागी मध्ये ७६.९ प्रतिशत विदेशीहरुलाई बिना कारणनै विदेशी भएकैले सोधपुछ गरेको र यसले जापानको दैनिकीमै असर पुर्याएको बताएका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार