मोरङ । चैत पहिलो साता महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ ।
यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो । गत चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आमइन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको थियो । ‘घटना भएको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्ले भने । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन ।
हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइफायर भएको थियो । तर, विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसेकेको बताइएको छ ।
६३ जना पक्राउ
प्रहरीले सो घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । पक्राउ परेका १६ जना बालबालिका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ । पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेकामध्ये कति जनालाई कर्तव्य ज्यान मुद्दा लगाउने र कति जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने भन्ने विषयमा वकिलको कार्यालयले निर्णय गरिसकेको छैन ।
बुधबार बिहान हामी सरोकारवालाहरुको निर्णय गर्ने छौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधिवक्ता काफलले भने । पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावक जिम्मा लगाउने आदेश मंगलबार नै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




