टोकियो/जापान । गैरआवाशीय नेपाली संघ जापानले यहि अप्रिल ३० तारिख धादिङ् जिल्लाको बिकटमा रहेको गंगाजमुना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
मातातिर्थ औँसीको अवसर पारी,उत्तरी धादिङ्को गंगाजमुना गाउँपालिकामा अवस्थित श्री मण्डली सकेन्डरी स्कुलमा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो।
स्वास्थ्य शिविर कार्यक्रम संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीका अनुसार, धादिङ राजधानीसंगै जोडिएको जिल्ला भएता पनि अझै उत्तरी क्षेत्रहरु बिकट नै रहेको र त्यहाँका जनताहरुले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न नसकिईरहेको अवस्थालाई मध्येनजर गर्दै यो शिविर आयोजना गरिएको हो ।
शिबिरमा,प्रोफेसर डाक्टर राजेन्द्र प्रसाद बराल( सिनियर कन्सल्ट्यान्ट,क्लिनिकल अंकोलेजिस्ट),डाक्टर बसन्त तुलाचन( रेडियोलोजिस्ट),डाक्टर सुमन कुमार श्रेष्ठ(लेप्रोस्कोपिक एण्ड जनरल सर्जन),डाक्टर निरज केसी( अर्थोपेडिक्स),डाक्टर प्रकाश पौडेल(पल्मोलोजिस्ट),डाक्टर नेत्र बहादुर कार्की ( अर्थोपेडिक्स),डाक्टर धनन्जय सिंह(पाएडिट्रिक), डाक्टर संजना श्रेष्ठ( गाईनेकोलोजी) र डाक्टर दिपेन्द्र लाल श्रेष्ठ लगायतका चिकित्सकहरुको टोलिले परिक्षण परामर्श तथा उपचार गर्नेछन् ।

स्वास्थ्य शिविरमा नेपाल नेश्नल हस्पिटल,रोटरी क्लब अफ दरबारमार्ग, कलंकी,काठमाडौ हेल्थ प्रोफेश्नलको सहकार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




