टोकियो/जापान ।जापानमा हरेक वर्ष मे ८ तारिख आमा दिवस(母の日)मनाउने गरिन्छ । जापानको आमा दिवस( 母の日) सांस्कृतिक या धार्मिक पाटो भन्दा पनि व्यापारिक पाटोबाट भने अत्यन्तै धुमधान मनाईन्छ ।
मनाउने तरिका भने, भर्खरै सकिएको हाम्रो मातातिर्थ औँशी(आमाको मुख हेर्ने दिन)जस्तै हो । आमाप्रति कृतज्ञ हुने, आमालाई फूल तथा उपहार दिने गरिन्छ । जापानमा आमा दिवस आउनु १/२ महिना अघिदेखिनै स्पेशल फूलका गुच्छा तथा उपहारहरु बुकिंग गर्न पाईन्छ । जापानीहरु यसलाई एउटा महत्वपूर्ण पर्वकैरुपमा मनाउँछन् ।
आमा दिवसलाई विशेष बनाउन,राजधानी टोकियो संगै जोडिएको चिबा प्रान्तको एउटा ट्रेन स्टेशनलाई यसपाली गज्जबको नाम प्रदान गरिएको छ । यो चित्र हेर्नुहोस् ।

यो माथिको चित्रमा लेखिएको ईचिकावा मामा(市川ママ) स्टोसनमा आमा दिवसको अवसरमा आमाहरुप्रति कृतज्ञता व्यक्त गर्ने भाव प्रस्तुत गर्न मामा( जापानीहरु आमालाई बोली चालीमा मामा भन्ने गर्दछन् खासगरी बालबालिकाहरुले मामा ( आमा) र पापा( बुबा) सम्बोधन गर्ने गर्दछन् ) लेखिएको हो । त्यसो त चिबाको ईचिकावा स्थित उक्त स्टेशनको नाम साविकमा पनि ईचिकावा मामा( 市川真間) स्टेसन नै भन्ने गरिन्छ । तर यो खान्जीमा लेखिएको मामालाई काताकाना साँच्चैनै आमाकै अर्थ लाग्ने गरि लेखिएको मात्रै हो ।

साविकको समयमा यस्तो अक्षरले लेखिएको हुन्छ ।
तर, यो केईसेई ईलेक्ट्रिक लाईनले आमाहरुको सम्मानमा गत अप्रिल २९ तारिखबाट यो मे ९ तारिखसम्म मामा (ママ) लेखिएकै नाम बोर्ड राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




