स्थानीय निकायको चुनाबमा स्थानीय तह गाउँ-ठाँउ, वडा, गाउँ पालिका/नगर पालिकामा भिजेका, बुझेका र आफ्नो ठाँउ क्षेत्र र समाजमा निस्वार्थ भावले केही गर्छु भन्ने संकल्प/ प्रतिबद्धता लिएकाहरुको लागि जिम्मेवारी दिने सुनौलो अवसर हो।

नजिकिदै गरेको स्थानिय चुनाबमा हामी सबै जनताले शिक्षित, दक्ष, निष्पक्ष, भिजीनरी, बिकासप्रेमी, कर्तब्यनिष्ट सामाजिक परोपकारी भावना बोकेका, अशल, ईमान्दार र योग्य ब्यक्ती लाई भोट दिनुपर्छ। स्थानिय चुनाबमा पार्टी र केन्द्रीय राजनिती भन्दा माथि उठेर, सबैको साझा हितको निम्ति सोचेर आफ्नो गाउँ-ठाँउको बिकासलाई ध्यानमा राख्दै उम्मेदवार ब्यक्तिको बिगतको सामजीक योगदान र उसले भविष्यमा गर्न सक्ने कार्य,अनुभव ,दक्षता, क्षमता र सम्भावनालाई विश्लेषण गर्दै “हाम्रोलाई भन्दा राम्रो” उपयुक्त उम्मेदवारलाई मौका दिनु बुद्धिमानी हुनेछ।

यो स्थानिय चुनाव कुनै एक ब्यक्ति तथा एक पार्टिको हार-जित भन्दा पनि सम्पुर्ण समाज र गाउँ ठाँउ र समाजको जित हुने गरि सम्भावना बोकेको क्षमतावान् र अशल ब्यक्तिलाई मात्र मौका दिनु पर्छ।नैतिक धरातल गिरेका, छवि धमिलिएका, गलत प्रबित्ती नीति अंगालेका, ब्यक्तिगत स्वार्थ र पदको लागि पार्टीको प्रतिनिधि पात्र मात्र भएका उम्मेदवारलाई यस पटक बिदा गर्नुको बिकल्प छैन।चाहे स्वतन्त्र उम्मेदवार नै किन नहोस् यस पटक परिवर्तनको लागि योग्य छ भने उसैलाई भोट गरौ छनौट गरौ।

यो हाम्रो भोट मात्र होइन, सहि नेतृत्व छान्ने अभिमत पनि हो।
गलत नेतृत्व र खराब प्रबृत्तिको हालिमुहाली भए सम्म कहिल्यै पनि सुशासन र समाजको सहि तरिकाको बिकासले गति लिन सम्भब हुदैन।हामीले बिगतमा गरेका गल्ती र कमजोरीलाई सच्याउने बेला आएको छ।पटकपटक गल्ती नगरौँ,सहि समय आएको छ, बेलामै होस् पुर्याऔ, सचेत र सजग बनौ!असल, सहि र योग्य उम्मेदवार छानौ।आफ्नो र आफ्नो परिवारको अमुल्य मत खेर नफालौ।

हामीले कुनै पार्टीको चुनाब चिन्हको मत पत्रमा छाप हान्नु भन्दा अघि एकपटक गम्भीर भएर सोचौं, यो मेरो आफ्नो भाग्य निर्धारण गर्ने निधारमा छाप हान्दैछु भनेर। यहाँ कुनै दल र पार्टीको आस्था, सिद्धान्त र नीतिले केही फरक पार्दैन केवल पार्छ त सहि ब्यक्तिले।त्यसैले फेरि पनि मेरो सबैमा अनुरोध छ,स्थानीय निकायको चुनाबमा पार्टी (दल) होइन ब्यक्ति हेरौँ । परिवर्तन हाम्रै पालामा सम्भब छ आज देखि हामी बाटै सुरु गरौ।मनन गरौ।सबैको जय होस्,मंगल होस्।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार