जापान प्रवेशको लागि भिषा पाएर पनि कोरोना प्रभावले गर्दा लामो समयसम्म पर्खाईमा बसेका विद्यार्थी भाइबहिनीहरुको यतिबेला आगमन कार्य जारी रहेको छ। कैयौँ खुशिको सपना सङगै केहि जिम्मेवारीको यात्रा पनि सुरु भएको हुन्छ त्यसैले धैर्यताका साथ अघि बढ्नुपर्दछ।
जापान आउनु भन्दा पहिले देखिएका सपनाहरु र वास्तविक रुपमा भोग्नु पर्ने भोगाई धेरै नै फरक रहेको हुन्छ। विशेषगरी आजभोलि धेरै भाईबहिनीहरु यथार्थ कुराहरु नबुझि कन्सलटेन्सि र साथीभाईहरुको लहै-लहैमा लागेर तुरुन्त निर्णय लिई अघि बढेको देख्न सकिन्छ। त्यसैले यस विषयमा स्वयम व्यक्ति साथै अभिभावकले पनि गम्भिररुपमा सोच्नुपर्दछ्। विद्यार्थी जीवन जुनसुकै देशमा भएपनि केहि सङ्घर्ष नै भएको हुन्छ। यसैगरी जापानमा पनि विद्यार्थीहरुलाई केहि चुनौती सङ्गै धेरै अवसरहरु पनि रहेका छन।
सुरुवाति अवस्थामा गर्नुपर्ने आधारभुत कुराहरु
जापान प्रवेशसङ्गै एअरपोर्ट बाट प्राप्त गरिने Resident card को पछाडी work permit को लागि २८ घण्टाको छाप हानेको हुन्छ कुनै बेला छुट्न पनि सक्छ त्यसैले यसबारे राम्रोसङ्ग चेक गर्नुपर्दछ ।
印鑑 (signature stamp)
जापानमा सरकारी कार्यलय तथा अन्य क्षेत्रमा हस्ताक्षरको रुपमा हान्को ( 印鑑)प्रयोग गर्ने गरिन्छ त्यसैले कलेज, काम लगायत अन्य क्षेत्रमा हान्को अनिवार्य प्रयोग
हुने भएकोले आफ्नो नाम प्रयोग गरि बनाउन जरुरी हुन्छ।
Address Register (住所登録)
सबैभन्दा पहिले आफु बस्ने नजिकको वार्ड अफिसमा गएर आफु बस्ने घरको ठेगानाको पुरा विवरण दिई Resident Card (在留カード )मा Address Register गर्नुपर्दछ ।
Bank account
आरुपाइतोमा अनिवार्य रुपमा bank acount दिनुपर्ने र अन्य कारोबारको लागि पनि प्रयोग गरिने हुनाले सुरुमा एउटा bank account खोल्न जरुरी रहेको हुन्छ जसको लागि गाक्कोउले सहयोग गर्दछ यदि सहयोग गरेन भने आफ्नो अग्रज साथीभाई तथा आफन्तको सहयोगमा bank मा गई खाता खोल्न सकिन्छ।
मोवाइल खरिद प्रकृया
यतिबेला जापानमा मोवाईल सेवा सर्भिसका विभिन्न कम्पनिहरुमा अग्रज नेपाली व्यक्तिहरु हुनुहुन्छ त्यसैले मोवाइल खरिद गर्नुभन्दा पहिले कुन कम्पनिको सिम प्रयोग र किस्ता प्रयोगको बारेमा उहाँहरुसङ्ग राम्रोसँग बुझेर मात्र खरिदगर्नुपर्दछ। साथै नयाँ campion पनि चलिरहेको हुन सक्छ यसबारे पनि जानकारी लिनुपर्दछ।
पछिल्लो समय AU, Soft-Bank र Docomo भन्दा UQ र Rakuten मोवाईबाट सस्तो र सजिलो भएको हुनाले नयाँ विद्यार्थी भाईबहिनीहरुको लागि यो उत्तम हुन सक्दछ।
भाषालाई विशेष प्राथमिकता
जापान प्रवेश सङ्गै सबैभन्दा बढि चुनौतिको रुपमा भाषालाई मानिन्छ। जापानीजहरु धेरैलाई English बोल्न नै आउदैन त्यसैले गर्दा नयाँ विदेशिहरुलाई सुरुमा गार्हो भएको हुन्छ। हामी नेपालीहरु पनि नेपालमा हुदाँ पहिले भिषा लागोस अनि पढ्न त पछि पढौँला नि भन्ने धारणा धेरैले गराएको हुन्छौँ यो पनि हाम्रो एउटा प्रमुख समस्याको रुपमा देखिएको छ।
बाहिर हिड्यो ,पसलमा सामान किन्न गयो सबै जापानीज भाषा मात्रै बोल्छन अनि बुझ्नै गार्हो हुने मनमनै म यस्तो बोल्ने जान्ने कहिले होला यसरी कम्बिनि सुपामा काम गर्ने कहिले होला यस्तै यस्तै कुराहरु मनमा खेल्न सक्छ।
जे गर्छ भाषाले नै गर्छ
जापान बसाई सङ्गै सुन्दर भविष्य निर्माण गर्न वर्तमान समयमा आफुले भाषा कसरी र कति मिहिनेत गरेर सिकिन्छ भन्ने कुरामा निर्भर रहेको हुन्छ त्यसैले सुरुमा धेरै काम भन्दा नि रेगुलर गाक्कोउ गई भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको हुन्छ।विशेषगरी निहोङ्गो गाक्कोउहरुले हप्तामा ५ दिन दैनिक ३ देखि ४ घण्टा सम्म कक्षा सन्चालन गर्ने गर्दछन त्यो समयमा सेन्सेइहरुले सिकाएका कुराहरुलाई राम्रोसङ्ग ध्यान दिएर अध्ययन गरियो भने छिटै जापानीज भाषाको विकाश गर्न सकिन्छ। सुरुमा खान्जि अलिक गार्हो हुने भएकोले घरमा आएर निरन्तर लेख्ने र पढ्ने अभ्यास गर्नुपर्दछ। निहोङ्गो गाक्कोउमा सिकेका आधारभूत कुराहरु नै पछि सम्म निरन्तर प्रयोग भइरहने हुनाले विशेष ध्यान दिन जरुरी रहेको हुन्छ।
निहोङ्गो गाक्कोउको अध्ययन सकेसि सेनमोन तथा दाइगाकु प्रवेशमा पनि भाषा नै विशेष हुने भएको सुरुवाति चरणबाट नै धैर्यता र कडा मिहेनतका साथ भाषा सिकाईलाई प्राथमिकता दिन जरुरी रहेको हुन्छ।यदि नेपालबाट स्नातक तह पास गरेको भए निहोङ्गो गाक्कोउ सकेर पनि कम्पनि खोजि Working तिर जान पनि सकिन्छ तर भाषाराम्रो हुन जरुरी हुन्छ।
आरुबाइतो
सुरुमा जापानीजभाषा बोल्न कठिनाई हुने हुनाले जस्तो सुकै काम भएपनि सुरु गर्न जरुरी रहेको हुन्छ्। कामबाट भाषा लगायत जापानीजहरु सङ्ग घुलमिल हुने र उनिहरुको व्यवहार बारे बुझ्ने अवसर पनि हुन्छ ।विशेषगरी विद्यार्थी र डिपेन्डेनको लागि जापान सरकारले कानुनि रुपमा तोकेको समय हप्ताको २८ घण्टा हो। यसरी कानुनिरुपमा तोकिएको नियम अनुसार काम गर्दा सामान्यतया १० मान देखि १२ सम्म प्राप्त गर्न सकिन्छ । यसरी प्राप्त गरिने पैसाले गाक्कोउ शुल्क सङ्गै आफ्नो दैनिकि जीवनलाई अघि बढाउन गार्हो पर्न सक्दछ। त्यसैले सुरुमा एउटा काम सङ्गै भाषालाई विशेष प्राथमिकता दिएर पढ्न जरुरी रहेको हुन्छ। भाषामा सुधार हुदैँ गएपछि आफुभन्दा पहिले आउनुभएका अग्रज व्यक्तिहरुलाई अनुरोध गरी सकेसम्म Handcash काम गर्नुपर्दछ। पछिल्लो समयमा विद्यार्थी भिषाको अपडेट गर्ने बेलामा इमिग्रेसनले के-कति काम गरेको छ भनेर चेक गर्ने गरेको छ र २८ घण्टा भन्दा बढि काम गरेका केहि विद्यार्थीहरुलाई १ महिनाको तयारी भिषा दिएर देश फर्काउने पनि गरेको छ ।यसकारण student भिषामा धेरै काम भन्दा नि दिर्घकालिन रुपमा भविष्य कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सोच्न जरुरी रहेको छ।
धैर्यता
नयाँ ठाँउ नयाँ परिवेश त्यसैमाथि फरक भाषा त्यसैले केहि समय धैर्य गनुपर्दछ । भाषाको सिकाईको विकाश सङ्गै काममा पनि सहज हुदैँ जाने भएकोले धैर्यतता साथ अघि बढ्नुपर्दछ। सुरु-सुरुमा नेपालबाट आएको ऋण कसरी तिर्ने , गाक्कोउ फी कसरी तिर्ने लगायत अन्य कुराहरुको चिन्ता हुन सक्दछ तर आत्तिनु हुदैन सबै कुराहरु विस्तारै समाधान हुदै जाने हुनाले आफु मानसिक रुपमा बलियो भएर अघि बढ्न जरुरी रहेको हुन्छ।
देश अनुसारको भेष
हामी जुन देशमा छौ त्यहि अनुसार आफुलाई धेरै कुराहरुमा समायोजन गर्न सक्नुपर्दछ । त्यसैले जापानमा पनि यी कुराहरुमा ध्यान दिन जरुरी रहेको छ।
समय पालना
हामी नेपालबाट आउदा भन्दा केहि कुराहरुमा फरक हुन जरुरी रहेको हुन्छ। विशेषगरी जापानमा समयपालनाको विशेष महत्व हुने भएकोले जुनसुकै कार्यक्षेत्रमा जाँदा सकेसम्म ५/१० मिनेट अघि जाने गर्नुपर्दछ।
फोनको प्रयोग
विशेषगरी ट्रेन तथा बसको यात्रा गर्दा मोबाईल साइलेन्समा राखेर यात्रा गरौँ त्यो समयमा कसैको फोन आयो भने पनि कुरा नगरौँ । ट्रेन तथा बसको यात्रा गर्दा आफ्नो साइडमा बसेको व्यक्तिलाई सकेसम्म Touch नगरी बस्नुपर्दछ।
इमान्दारीता
जापानीजहरुसङ्ग कुनै कुराहरु झुट बोलेर जान्ने छु भन्नु भन्दा पनि नआउने कुराहरुमा इमान्दारीका साथ सत्य बताउनु नै महानता हो त्यसैले गाक्कोउ , काम लगायत अन्य क्षेत्रमा झुट नबोलौँ।
कर तथा स्वास्थ्य बिमा
प्रत्येक वर्ष ६ गाचु तिर गएको वर्षको Tax&Insurance तिर्नुपर्ने बिल घरमा आएको हुन्छ साथै आफ्नो आम्दानी अनुसार Tax र Insurance को रकम निर्धारण भएको हुन्छ। सकेसम्म एउटा काम बैङ्क खाता मार्फत र अर्को काम Handcash बाट गर्न सकियो भने Tax र Insurance को रकम थोरै आउन सक्दछ र आफुले तिर्नुपर्ने Tax & Insurance लाई बाकीँ राख्नुभन्दा पनि समयमा नै तिर्नुपर्दछ। भिषा अपडेट गर्ने बेला कहिलेकहीँ Immigration ले Tax&Insurance तिरे नतिरेको खाकुनिन गर्न पनि सक्दछ ।
खर्च र वचत
आम्दानी अनुसार खर्चको अनुपात पनि धेरै हुनु अर्थशास्त्रको नियम नै हो ।जापानमा पनि आम्दानी धेरै जस्तो लागेपनि खर्च पनि अलिक बढि नै हुने गर्दछ, त्यसैले कसरी वचत गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान जरुरी रहेको छ। बाहिर रेस्टुरेण्ट, कम्बिनिहरुमा खानाका परिकारहरुको मुल्य अलिक महङ्गो हुने भएकोले सकेसम्म रुममा नै पकाएर खान सकियो भने वचतमा केहि सहज हुन्छ र अनावश्यक रुपमा अनलाईन सामान किन्ने बानी छ भने यसलाई कमि गर्नुपर्दछ्।
गाक्कोउ Fees payment प्रकृया
विशेषगरी गाक्कोउमा Fees तिर्दा आफ्नो खाताबाट तिर्नुभन्दा पनि नेपालबाट गाक्कोउको बैङ्क खाता वा जापानमै रहनुभएका आफन्तको खाताबाट तिर्न सकियो भने राम्रो हुन्छ किनकि पछि भिषा अप्लाई गर्दा गाक्कोउ Fees तिरेको स्रोत देखाउनु पर्ने हुन्छ ।
JlPT परिक्षा
वर्षमा २ पटक 7月(July)र 12月 (December) पहिलो हप्ताको (sunday) JLPT परिक्षा हुने गर्दछ यसको लागि २/३महिना अघि नै Form खुलेको हुन्छ त्यसैले form भरि Exam दिइराख्नुपर्दछ। N2 सम्म पास गर्न सकियो भने सेनमोन तथा दाईगाकु र कम्पनि प्रवेशमा सहज हुनसक्दछ।
सेनमोन तथा दाईगाकु प्रवेश
जापानमा अध्ययन गर्ने विदेशि विद्यार्थीहरुको बढ्दो आगमनले गर्दा सेनमोन गाक्कोउ र दाईगाकु प्रवेश प्रकृया तथा चयनको बाटो पनि चुनौतिको रुपमा देखिन थालेको छ त्यसैले यो चुनौतिलाई अवसरको रुपमा परिवर्तन गरि सफलता लाई आफ्नो पक्षमा उभ्याउन जरुरी छ। निहोङ्गो गाक्कोउको पढाई सकेपछि सेनमोन तथा दाईगाकु प्रवेश गर्नुपर्ने हुन्छ जसको लागि प्रत्येक वर्ष ८ गाचु बाट interview को सुरु हुने गर्दछ। विभिन्न कलेजहरुले orientation कलास पनि गरिरहेका हुन्छन त्यसैले आफु सहभागि भई बुझ्नुपर्दछ।
सेनमोन गाक्कोउ तथा दाईगाकुमा छनोट गर्न सकिने विषय तथा क्षेत्रहरु
सेनमोन गाक्कोउ(専門学校); २ वर्षको कोर्स सन्चालन हुने सेनमोन गाक्कोहरुमा IT, Global IT business, Hotel Management ,Fashion Design , काईगोस्या (Caregiver) लगाएत अन्य क्षेत्रहरु सङ्ग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ ।आफुले पढेको विषय सङ्ग सम्बन्धित कम्पनिमा नाइयो मिलाउनु पर्ने हुदा आफुले काम गर्न चाहेको विषय छनोट गरि अघि बढ्नु पर्दछ । Fashion Design तिर जादा नेपालबाट दाईगाकु छैन भने कम्पनि पाउन गार्हो हुन्छ त्यसैले अहिले नै सोचेर अघि बढ्न जरुरी हुन्छ। सेनमोन गाक्कोमा २ वर्षको शुल्क करिब १४०-१६०मान सम्म लाग्न सक्छ भने केहि थपघढ पनि हुन सक्छ जहा गाक्कोउ अनुसार फरक हुन सक्छ।
दाईगाकु(大学): ४ वर्षे कोर्स सेमेस्टर प्रणालिमा सन्चालन हुने यस क्षेत्र तिर समय र पैसाको केहि बढि लगानि लाग्न सक्छ तर दिर्घकालिन रुपमा बढि प्रभावकारिता हुन सक्छ। नेपालबाट +२ पास गरेर आएका विद्यार्थीहरुले दाईगाकु अध्ययन गर्न सक्ने हो भनि अझ बढि सुरक्षित हुन सकिन्छ जापानको प्रावधान अनुसार दाईगाकु पास गरेको विद्यार्थी लाई धेरै कम्पनिहरुमा प्रवेश गर्न सहजिकरण हुने व्यवस्था रहेको छ। दाईगाकुमा पनि विभिन्न विषयहरु IT, Global IT business, management ,Hotel and Tourism, Arts, Political Science तथा Business Law लगायत अन्य थुप्रै क्षेत्रहरु सङ्ग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ।
कम्पनि छनोट प्रकृया 就職
विशेषगरी जापानमा अध्ययनको समापन सङ्गै विद्यार्थीभाईबहिनीहरुको भविष्य कुन दिशातिर लिएर जाने भन्ने कुरा कम्पनि छनोटले निर्धारण गर्दछ। जापानमा अध्ययन गरेको ज्ञान र सीप अनुसार सम्बन्धित कम्पनिमा प्रवेश गर्न सकियो भने आफुलाई सहज हुन्छ । प्रायजस्तो ७ गाचु बाट विभिन्न कलेजहरुले सेमिनार कलासहरु सन्चालन गर्ने गर्दछन त्यो बेला सहभागी भैइ working को लागि गरिने process र सम्बन्धित कम्पनिको काम बारे जानाकारी प्राप्त गर्न सकिन्छ। यसैगरी कम्पनिको interview मा जानको लागि りれきしょ履歴書 (Curriculum data)पनि आवश्यक रहने हुनाले आफ्नो अध्ययनको Detail , कामको अनुभव, आफ्नो रुचि तथा राम्रा पक्षहरुलाई समावेश गरि तयारी गर्नुपर्ने हुन्छ। एकैपटकमा कम्पनिमा पास नहुन पनि सकिन्छ त्यसैले विभिन्न कम्पनिहरुको interview दिइराख्नुपर्दछ। यसरी कुनै कम्पनि बाट नाइते प्राप्त गर्न सकियो भने कम्पनि स्वयम आफै वा वकिलको माध्यमबाट डकुमेन्ट तयार गरि कम्पनिले भिषा अप्लाई गरिदिन्छ। भिषा प्राप्त गरेपछि सम्बन्धित कम्पनिको नियम र समय अनुसार काम सुरु गर्न सकिन्छ।
हामीभन्दा पहिले आउनुभएका अग्रज व्यक्तिहरुले student भिषामा आएर राम्रै गर्नुभएको छ र हामीले पनि त्यसरी नै कडा मिहिनेत का साथ सङ्घर्ष गर्न सकियो भने जापानमा केहि चुनौतीहरु सङ्गै धेरै अवसर प्राप्त गर्न सकिन्छ भन्ने कुराहरुलाई आत्मविश्वासका साथ मनन गरी अघि बढियो भने अवश्य सफलता मिल्नेछ।
जापानमा आउनुभएका नयाँ विद्यार्थीभाईबहिनीहरुको उज्वल भविष्यको शुभकामना ।
“ कठिन परिस्थितिको बाबजुत पनि सङ्घर्ष गर्न सिक्नु नै हरेक व्यक्तिको सफलताको आधारस्तम्भ हो”
मोहन कुवर सत्यवती -२, चेहेमी गुल्मी
हाल ओसाका जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




