काठमाडौं । चीनको हांगझोउमा हुने एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।

प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए ।

वरिष्ठ सई बरालका अनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले जानकारी दिए ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला भारोत्तोलन नेपाली खेलाडी हुन् ।

उनी केहि दिनअघि भएको एसियाली छनोटमा भाग लिन काठमाडौं आएकी थिइन् । वरिष्ठ सई बरालका अनुसार सञ्जुको काका काकीको रोहबरमा मुजुल्का उठाउन काम भइरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार