टोकियो/जापान । कोरोना महामारीका कारण रोकिएको टोकियोको अत्यन्तै लोकप्रिय र ठूलो मेला- सान्जा माचुरी यस पटक भने आयोजना गरिने भएको छ ।

टोकियोको पर्यटकिय स्थल आसाकुसास्थित आसाकुसा मन्दिरमा मनाईने यो मेला, टोकियोबासीहरु माझ अत्यन्तै लोकप्रिय मेलाकोरुपमा लिने गरिन्छ । हज्जारौँ मानिसहरुको उपस्थितीमा मनाईने यो मेला यसपाली विगतको जस्तै उत्साहप्रद तरिकाबाट मनाउने तयारी गरिएको छ ।

यसपाली यहि आउँदो शनिबार( २१ तारिख) र आईतबार ( २२ तारिख) मानाउने योजना भएको यस सान्जा मेलाको आधिकारिक वेवसाईटमा जनाईएको छ । यदि तपाई जापानको राजधानी टोकियो या टोकियो आसपास हुनुहुन्छ भने यो सप्तान्हलाई थप रमाईलो बनाउन सक्नुहुनेछ ।

मेलामा ठूलो संख्याका मानिसहरुद्वारा परम्परागत नृत्यहरु प्रदर्शन गरिनेछ । मुख्य आकर्षण तीनवटा विशाल मिकोशी (बोकेर हिँड्न मिल्ने मन्दिर, नेपालको रथ जस्तै ) हरुहरु बोकेर एक ठाउँबाट अर्को ठाउमा पुर्याउने गरिन्छ । स्थानीय बासिन्दाहरू ति मन्दिरलाई पालैपालो बोक्ने गर्दछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार