टोकियो/जापान । गोल्डेनवीकको लामो बिदापछि जापानमा कोरोना संक्रमण ह्वात्तै बढ्ने अनुमान गरिएतापनि संक्रमण खासै नबढेकाले अब जापानको राजधानी टोकियो लगायतका सहरहरुमा कोरोना रोकथामका लागि कायम नियमहरु थप खुकुलो पारिने भएको छ ।

संक्रमण जोखिम उच्च रहेको राजधानी टोकियोका रेष्टुरेन्ट तथा बारहरुमा हाल कायम ग्राहक संख्याहरुको सीमा अब हट्ने भएको हो । जापानमा अहिले कोरोना संक्रमण माहामारी फैलिने संकेत नदेखिएकाले रोकथामका थप उपायहरु आवश्यक नरहेको टोकियो महानगरले निर्क्योल गरेको हो ।

शुक्रबार, महानगरको कोरोना संक्रमण रोकथाम विशेष कमिटिको बैठकमा महानगरकी गभर्नर कोईके युरिकोले महानगरले आज( आईतबार) सम्म कायम प्रति टेबल ८ जना ग्राहकहरुको सिमा हटाईने बताएकी हुन् ।

यद्यपी,हालसम्म कायम रोकथामका नियमहरु पनि महानरको बाध्यत्मक नियम नभई महानगरमा व्यवसाय गर्नेहरुलाई गरिएको अनुरोध मात्रै थियो । अब कोरोना संक्रमण खासै नबढेपछि जापान सरकार सबै तिर सामान्य वातावरण कायम गराउने तर्फ उन्मुख भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार