काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये २० जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ । बिहीबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट मृतकका परिवार र आफन्तलाई शव बुझाइएको छ । यसअघि, २२ शवको पोस्टमार्टम गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार दुई जर्मन नागरिकको शव नेपालस्थित जर्मनीको दूतावासले बुझ्नेछ । गएको आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको एउटा विमान दुर्घटना भएको थियो । दुर्घटनामा त्यसमा सवार चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार