जापानको जीवन निकै संघर्षमय छ । त्यस माथि पनि विद्यार्थी जीवन को त कुरै नगरौ । बिकासउन्मुख देश नेपालका हामी नागरिक त्यसमाथी पनि थोरै अभाव र धेरै सम्झौतामा हुर्केका हामी मध्यम वर्गिय परिवारका सदस्य बिदेशमा गएसी त पैसाको रुख नै छ गएर टन्न कमाउने हो भनेर ठुलो सपनालाई धितो राखि ऋण काडेर जापानको ठुलो जहाज चड्छौँ ।
यहाँ आइसकेपछि ,सामाजिक सन्जालका भित्ताहरुमा जती रङिन् देखिन्थ्यो यहाँको जीवन त्यस पछाडि लुकेका लाखौं पिडाहरु आँखा अगाडि छर्लङ हुन थालदछन । दिनको ५-६ घण्टा कलेज अनि रातभरीको काम बचेको समय पनि ट्रैन साइकल र खाना पकाउने खाने गर्दा सुत्ने समयले त पालो नै पाउदैन । जापानको व्यस्त दिनचार्यले यहाँका मान्छेहरु लगायत बिदेसीहरुलाई पनि एक्लोपनको महसुस गराइरहेको हुन्छ । अझ यहाँको महंगीले त २८घन्टा काम गरेर कमाएको पैसा खान बस्नमै ठीक्क हुन्छ । २८ घण्टा भन्दा बढी काम गर्यो भिसा रद्ध हुने डर नगर्यो आउँदा लागेको ऋणको ब्याज्को स्याजले नेटो काटिसक्यो ।
कतिपय साथीहरुको त महिना मर्न नपाउदै घरबाट फोन आउछ साहुले घरखेत नै खान आटिसक्यो, पालो गाउको फलानोले त जापान गय देखी लाखौं लाख पठाइ सक्यो त चाँही के हेरेको ?? आदी इत्यदी अनगिन्ती प्रश्नहरुको थुप्रो लाग्न थालदछ ।
यस्तै मानसिक तनाब र एक्लोपन बाट गुज्रिरहेका मान्छेले अन्तत जीवन समाप्तिको बाटो रोज्दछ। पछील्लो केही महिनामा जापानमा अत्महत्याका घटनाहरु बढ्दो क्रममा सुन्नमा आएको छ । यस घटनाका प्रमुख कारण भनेकै मानसिक तनाव र एक्लोपन हो । व्यस्त दैनिकी, पारिवारिक परिस्थिती , ठुलो महत्तोकान्क्षा, अपरिपक्को सम्बन्ध, कोरोनाको कारणले काम गुमाउनु, ५-६ बर्षको अध्ययन पछी पनि राम्रो काम नपाउनु आदी मैले देखेका मानसिक तनाव र एक्लोपनका कारण हुन ।
त्यसैले सकेसम्म जापान आउन भन्दा अगाडि जाने बित्तिकै लाख कमाउने हो यस्तो गर्ने हो उस्तो गर्ने हो भन्ने जस्ता ठुलो महत्तोकान्क्षा नबोकौ यहाँ अवसर नभएको पक्कै होइन ,त्यो अवसर प्राप्त गर्न पहिले आफुलाई सक्षम बनाऔ । आफुलाई एक्लोपन मुक्त राख्न साथीभाइ सँग घुलमिल गरौ ।रूम पार्टनर सँग सुख दु:ख सटासाट गरौ ।र धैर्य गरौ संघर्ष बाट पछी नहटौ एक दिन सफलता अवस्य मिल्नेछ ।
नत्र एयरपोर्टमा तिमी भित्र छिरेपछी तिमीलाई देखुन्जेल हात हल्लाउदै बिदा गरेका ति बुढा बाबाले आफ्नो सन्तान प्रदेशकै माटोमा बिलिन भएको कुरा कहिल्यै विश्वास गर्ने छैनन आकाशमा जहाज उडेको देख्दा पनि मेरो सन्तान यसरीनै कहिले आउला भनेर हेर्ने ति आमाका आँखाहरु मुल बाटो तिर हेरेर कुर्न कहिल्यै थाक्ने छैनन ।
अजय राना (अध्यक्ष, नेसाज)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




