टोकियो/जापान । जापानमा कोरोना माहमारीका कारण आर्थिक भारमा परेकाहरुलाई प्रदान गरिएको आर्थिक अनुदान रकममा चरम लापरवाही भएको देखिएको छ ।

केहि समय अघि यामागुची प्रिफेक्चरमा ४३६ घरपरिवारलाई दिईनुपर्ने झण्डै ५ करोड येन एउटै व्यक्तिको खातामा ट्रान्सफक गरिएको घटना सेवाउन नपाउँदै फेरि ईवाते प्रिफेक्चरमा करिब ८२ लाख येन गलत व्यक्ति( अनुदान प्राप्त गर्न आवश्यक मापदण्ड नपुगे)हरुलाई दिईएको खबर सार्वजनिक भएको छ ।

जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार, इवाते प्रिफेक्चरको कुजी नगरले कोरोना भाइरसको प्रभावका कारण जीवनयापन गर्न कठिन परेका घरपरिवारलाई दिइने आर्थिक साहयता प्राप्त गर्न अयोग्य ८२ विदेशी प्राविधिक प्रशिक्षार्थीहरूलाई दिईएको बताईएको छ । जनाईए अनुसार,उक्त नगरले गल्तीले ८२ लाख येन विदेशी प्रशिक्षार्थीहरुलाई यदिईएको बताईएको छ अहिले,उनिहरुलाई (प्रशिक्षार्थीहरूलाई )रोजगारी दिने व्यवसायिक प्रतिष्ठानको सहयोगमा फिर्ता लिने तयारी गरिएको बुझिएको छ ।

आम्दानी घटेर, जापान सरकारको कर तिर्न पनि असमर्थ( कर तिर्नुपर्ने भन्दा कम आम्दानी )भएकाहरुलाई लक्षित गरि प्रदान गरिनुपर्ने रकम, गल्तिले विदेशी प्रशिक्षार्थी कामदारहरुलाई उपलब्ध गराईएको हो । जापान सरकारले नागरिकहरुलाई सहजीकरण गर्ने उदेश्यले प्रदान यस्ता रकमहरु प्रदान गर्ने क्रममा जापान विभिन्न स्थानहरुमा स्थानिय सरकारले सहि व्यवस्थापन गर्न नसकिएको देखिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार