आत्महत्या गर्ने बिश्वको तंथ्याङ्कलाई हेर्दा जापान पनि एक अंग्रपंक्तीमा रहेको देश हो । बिभिन्न कारणले वर्षमा २० हजार देखि ३० हजार जापानी नागरिकले देहत्याग गर्ने गर्दछन् भन्ने तथ्याङ्क छ । कामको दवाव,एक्लोपन,बुढेसकालमा साहारा बिहीन,खर्चको अभाव आदि ईत्यादि कारणले जापानमा आत्महत्याका केश बढि छन् भनेर भनिन्छ। तर बर्तमान समयमा बिभिन्न भिषामा जापान आएको केही समय पश्चात आत्महत्या गर्ने नेपालीहरू पनि बढ्दै गएका घटनाहरू सुन्नमा आएका छन् । बिदेशी भुमिमा आएर बिभिन्न कारणले आत्महत्याका घटनाहरू बढिरहनु देश,समाज र तपाई हामी जापानबासी हरूका लागि पनि एक ठुलो चिन्ताको बिषय हो।यसै सन्दर्भमा यहॅा केही कुरा राख्ने प्रयत्न गरेको छु।

विश्वका विकसित मुलुकमध्ये जापान पनि एक हो।जापानको टेक्नोलोजी र यहॅा उत्पादित सामाग्रीहरूले गर्दा पनि संसारभरीनै लोकप्रिय छ र यहॅा धेरै देशका मानिसहरू कामदारको रूपमा आउन चाहन्छन्।नेपालबाट पनि धेरै समय पहिलेबाट मानिसहरू जापान आउने क्रम रहेपनि,नेपालमा बढ्दो बेरोजगारी,राजनितीक अस्थिरता आदि कारणले वर्तमान समयमा जापान आउने नेपालिको संख्या उलेख्य मात्रामा बढिरहेको छ।यो संगै बिधार्थी भिषामा जापान आउनेहरूको संख्या अन्य भन्दा बढी छ।

शुरूमा बिधार्थी भिषाको बारेमा चर्चाः

नेपालको बर्तमान स्थितीमा रोजगारीको निर्बीकल्प माध्यम बनेको छ बिदेश । त्यसमा पनी बिधार्थी भिषामा जानको लागी +२ पास गरिसकेपछी नै लाईन लाग्ने गर्दछ।जापानको सन्दर्भमा +२ पास गरेपछी बिधार्थी भिषामा जान पाईने प्राबधान रहेको छ।जसको लागी नेपालमा धेरै कल्सनटेन्सी हरू रहेका छन्।यथार्थ कुरा के हो भने भन्दा बिधार्थी भिषा भने पनी जापान छिरेपछी पैसा कमाउने नै धेरैको उदेश्य हुन्छ।किनकी महिनाको ५०/६० हजार फि तिरेर जापानको महङ्गो बसाई लाई नेपालबाट पैसा मगाएर थेग्न सकिने आर्थिक स्थिती लगभग हुंदैन।धेरैलाई जापान सपनाको शहर भएजस्तै ईन्सिच्युट बाटै सपना बॅाढ्न शुरू हुन्छ।”जापान गएपछी महिनामा एती कमाई हुन्छ एति खर्च गरेपनी एती घर पठाउन सकिन्छ”भन्ने ठाडो,लाटो बुझाई धेरैको हुन्छ।र धेरैजना रिनधन गरेर भएपनी जापान छिर्न पाए हुंन्थ्यो भन्ने कुरा गरेको सुनिन्छ।जब बिधार्थीको रूपमा जापानको भिषा लाग्छ,जापान छिरेपछी धेरैको अनुमान भन्दा भिन्न हुन जान्छ।

प्राय धेरैजना बिधार्थी भिषामा जापान आउनेहरू पहिलोपल्ट बिदेश आउनेमध्ये नै पर्दछन्।पहिलो पल्ट बिदेश ॲाउदा घर परिवारको याद आउने,एक्लोपनको महशुस गर्ने हुन सक्छ।त्यही माथी भाषाको समस्या हुने,खानाको स्वाद नमिल्ने जस्ता कुराहरू पनि हुन्छन्।नियमले बिधार्थीहरूले हप्ताको २८ घण्टा काम गर्न पाउने नियम छ।२८ घण्टा कामले स्कुलको फि तिर्न र खान,बस्न समेत पुग,अपुग हुन सक्छ।अर्को काम गर्दा पछि भिषामा समस्या पर्यो भन्ने कुरापनि धेरैबाट सुनिन्छ।तर पनि २ ओटा काम नगर्ने भने कमनै हुन्छन्।शुरूमा काम पाउन गार्हो पर्ने पाएपनी गार्हो काम पर्ने समस्या पनि हुन्छन्।यसरी हेर्दा नेपालमा रिनधन गरेर १२/१५ लाख खर्चगरी जापान आएपछी सोंचे अनुसार पैसा पठाउन नपाएपछी घरबाट पनि पैसा पठाउनको लागी दबाब आउने।अनि आर्थिक कुराको बोझ थप थपिने हुन सक्छ।जापानमा प्राय गरेर बसेर गर्ने काम पाउन गार्हो हुन्छ उठेर गर्ने काम गर्दा कम्मर,खुट्टामा समस्या आउनेहरूलाई थप गार्हो पर्ने हुनसक्छ।यि बिबिध कारणले शुरूमा जापान आउंदा मनमा निराशा उत्पन्न हुनसक्छ।

दक्ष कामदार( कुक भिषा)मा आउनेहरुः

अर्को कुक भिषामा जापान आउनेहरूका लागी पनि त्यती सजिलो छैन।कुक भिषामा जापान आएर प्राय नेपाली ईन्डियन रेष्टुरेन्टमा नै काम गर्नु पर्ने हुन्छ।यताबाट रेस्टुरेन्टले मान्छे मंगाउदा १०/१५ लाख सम्म तिर्न लगॅाउने।त्यती धेरै तिरेर ल्याईसकेपछी काम बढी घण्टा लगाएर स्यालरी एकदमै थोरै दिने गरेको गुनासाहरू धेरै कुक दाजुभाईले गर्ने गर्नुहुन्छ।त्यपछी पनि भिषा रिन्यु गर्दा थप पैसा लिने,डिपेन्डेन्ट अप्लाई गर्न नदिने जस्ता कुरा पनि सुन्न पाईन्छ।यि कुराहरूले पनि मनमा निराशा उत्पन्न गराउने हुन सक्छ।

मैले माथि जापानमा आउनेहरूका केही प्रतिनिधी दुखका बारेमा उल्लेख गरेको हुं ।सबैको जिवनमा भने मेल पक्कै खॅादैन।आजको टपिक्स भनेको किन जापानमा आत्महत्याका केश बढिरहेका छन् भन्ने हो।केहि पारिवारीक समस्या र लब स्टोरीका घटना बाहेक धेरैजसो आर्थिक पाटोसंग सम्बन्धित केस धेरै हुन्छन् की जस्तो लाग्दछ।नेपालमा हुंदा धेरै कमाई हुने आशाले रिन खोजेर जापान आईसकेपछी भनेजस्तो कमाई नहुंने,यहॅा काम पनि भनेजस्तो नपाईने अनि नेपालबाट पैसा पठाउनको लागि दबाब आउने।नेपालबाट आफ्नो छोराछोरी वा दाईभाई जापान गैसकेपछी त पैसा टन्नै कमाउंछ भन्ने सोंच राख्ने।तर यहॅा भनेजस्तो काम नहुने र स्वास्ऱ्थ्यले पनी साथ नदिरहेको अबस्थामा नेपाल फर्किनु भने घर परिवार,छिमेकीले पनी केही गर्न नसकि आयो भन्लान् अनि अर्कोतीर रिनको भारी छॅदैछ भन्ने खालको मानसिक तनाबले गलत बाटो रोज्ने स्थिती आएको त छैन?भनेर कुरा उठेको सुनिन्छ।

त्यसो त मान्छेलाई आफ्नो-आफ्नो दुखनै ठुलो लाग्ने गर्दछ।
संङ्घर्ष नगरिकन केही कुरा पाप्त गर्न सकिंदैन शुरूमा जापान आउनेहरूलाई आफु शारिरीक मात्र नभई मानसिक रूपमा पनि अत्यन्तै बलियो रहन मैले ब्यक्तिगत रूपमा सुझाब दिन चाहन्छु।जापान गएपछी म आत्तिने छैन,दुख पर्न सक्छ तर मैले सम्यमंता अपनाउंदै धैर्यता गर्नेछु भन्ने अठोट लिनुभयो भने राम्रो हुन्छ।’दुख पछिनै सुख आंउछ’भन्ने भनाईलाई आत्मसाथ गर्दै अगाडी बढियो भने भोलीका दिन सहज हुन सक्दछ!अर्को कुरा आफ्नो परिवारको सदस्य शुरूमा जापान आएको छ भने उसलाई घर परिवारबाट मिलेसम्म पैसाको चाप नदिईकन,सान्त्वना हौसला दिंदै बारम्बार सम्पर्कमा रहने कोशिष गर्नु भो भने मन बिग्रन पांउदैन।र नयॅा जापान आउनेले पनि अनावश्य सम्बन्ध,खराब संगत तिर नलागिकन आम्दिनी र खर्चलाई सकेसम्म एडजस्ट गर्यो भने भोलीका दिन थप सहज बन्न सक्दछन्। केही गरी नेपाल फर्कनै पर्ने स्थिती आयो भने नेपाल गएर यसरी जिवनयापन गर्छु भन्ने सम्मको माईन सेट गर्नु भो भने पनी फर्कनै परेपनी धेरै दुख लाग्दैन।कहिले कॅाही जिवनमा ‘जे भयो राम्रै भयो,जे हुन्छ राम्रैका लागि हुन्छ’भन्ने फर्मुला पनि युज गर्नु पर्दछ।र जापानमा रेस्टुरेन्ट खोल्नु भएका साहुजीहरूले पनी आफ्ना कर्मचारीको श्रम शोषण नगरीकन मानवता दर्शाउनु पर्दछ। जापान आईसकेका सेन्पाई साथीहरूले नयॅा आउने भाईबैनीलाई सकेको सहयोग गर्ने,सान्त्वना हौसला दिने ,अगाडी बढ्न प्रेरित गर्ने काम गर्यो भने आत्महत्याका घटना कम हुन सक्ऱ्दछन्।

बिदेशमा आई आत्महत्या गर्नु आफन्त,परिवारको मात्र नभएर यो राष्ट्रकै लागि चासो र चिन्ताको बिषय हुनुपर्ने हो।तर बर्षेनी नेपाली दाजुभाई दिदिबहिनी हरू रातो बाकसमा सयौंको संख्यामा त्रिभुवन एरपोर्टमा आंउदा पनि नेपालको सरकार कानमा तेल हालेर बसेको देखिन्छ।जापानको सन्दर्भमा यस्ता किसीमका घटनाहरू बढिरहेको सन्दर्भमा नेपाल एम्बेसीले नेपाल सरकार र यहॅा रहेका नेपालीसंग समन्वय गरेर आत्महत्याका घटना नदोहोरिने खालका उचित कदम चाल्नु पर्ने हो तर केही कुरा गरेको सुनिदैंन।अरू त परैको कुरा कहीलेकॅाही एम्बेसीमा काम परेर कल गर्दा समेत रेस्पोन्स नगरेको गुनासाहरू धेरै नेपालीहरूले सुनाउने गर्नुहुन्छ।अर्को जापानमा एनआरएनए र च्याउ उम्रे झैं सामाजिक संघ संस्थाहरू छन्।यीनिहरुले पनि यस्ता घटना हुन नदिन पहल गरेको खासै सुनिंदैन।मेरो अनुरोध नेपाल एम्बेसी र एनआरएनए जापान संग के छ भने तंपाईहरू एक आपसमा समन्वय गरेर कम्तिमा एउटा हेल्थ डेक्स राख्नुस र त्यहॅा नेपाली मनोचिकत्सक संग सम्पर्क गर्ने बातावरण मिलाउनुस्!कसैको मनमा बारम्बार आत्महत्या गर्ने नकारात्मक बिचार आईराछ भने सम्पर्क गर्ने एउटा नम्बर सार्बजनिक गरेर मनोचिकित्सक संग सम्पर्क गर्ने बातावरण मिलोस्।किनकी सबैभन्दा ठुलो कुरा मानसिक स्वास्थ्य हो।जब मानसिक स्वास्थ्य गडबढ हुन्छ मान्छेले गलत निर्णय लिन बाध्य हुनसक्छ।

मैले माथिका कुरा गरिरहॅदा बर्खरै जापान आउनुभाका र आउने कोशिष गर्नुभएका हरूको मनमा निराशा उत्पन्न हुन सक्छ।’पहराको काप फोरेर उम्रीन्छ पिपल’भनेझैं जापानमा दुख मात्रै नभएर ठुलो अवसर र संभावना पनि छ यस बारेमा अर्को बसाईमा चर्चा गरौंला।अहिलेलाई जापानमा भैरहेका आत्महत्याका घटनामा कमि ल्याउन हामी सबै मानसिक रूपमा स्ट्रङ रहंदै सबैले आ-आफ्नो ठॅाउबाट हातेमालो गरौं।धन्यवाद!!
-श्रीराम पौडेल हाल जापान!!

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार