जापान एक सपनाको देश, नेपालमा १२ कक्षा सक्काएपछी अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके, जापान आदि देशमा गएर उच्च शिक्षा हासिल गर्ने सपना सबैको हुन्छ तर आर्थिक, शैक्षिक तथा शारिरिक स्वास्थ्यले गर्दा कतिपयको सपना बिच्मै तुहिन जान्छ।अहिले भर्खर प्लस टु ( १२ कक्षा)दिएर बस्नु भएको भाई बहिनिहरुको पनि मनमा दुविधा होला कुन बिषय पढ्ने कहाँ गएर पढ्ने र कुन देश जाँदा ठीक भनेर ?
सजिलो डकुमेन्टेसन र कमाउदै पढ्दै गर्नको लागि जापान एक उत्कृष्ट देश मान्न सकिन्छ तर विद्यार्थीहरुमा भने युरोप अस्ट्रेलिया जाने विद्यार्थीहरु जस्तो तयारी गरेर आएको खास्सै पाइदैन क्लास भर्ना हुने र COE आएपछी हल्का अन्तर्वाता को लागि तयारी गरेर आउने पाइएको छ अधिकांश विद्यार्थी फल्स्वरुप सुरुवाती दिन्मा काम नपाउने, ठगिने र जीवनयापन गर्न पनि हम्मे हम्मे स्थितीमा पुग्छौं । त्यसैले अब अप्रील इन्टेकमा आउने विद्यार्थीले निम्न कुरामा ध्यान पुर्याउन सके जापान बसाइ सहज र सफल हुने विश्वास लिएको छु ।
१) कन्सल्टेन्सीको छनोट : चिल्ला कुरा गर्ने र मिठो बोल्ने कन्सल्टेन्सी त च्याउ सरि छन बजारमा तर तपाईंको भविष्यको सवाल भएकाले जापानका कलेजसँग सिधै लिकं भएको जापानमा पनि अफिस भएको वा जापानमा आफ्नै प्रतिनिधि भएको कन्सल्टेन्सी छन्नुहोस् ताकी भोली तपाईंलाई अप्ठ्यारो पर्दा उस्ले पनि जिम्मेवारि बहन गर्होस् नत्र नेपालबाट उडाए पछी जिम्मेवारिबाट उम्किने धेरै छन्।
2) भाषा पढ्नुहोस्: (कम्तिमा पनि N4 लेवेल सम्मको भाषा बनाउनुहोस्, सम्वादलाई बढी जोड दिनुहोस् जापान प्रवेश गरिसकेपछी दैनिक जीवनयापन, काम, उच्च अध्ययनका लागि नेपाली मात्र नभइ अन्य मुलुकका नागरिकसँग प्रतिस्प्रधा गर्नुपर्ने हुन्छ त्यसको लागि १ नं मा भाषा लाइ प्राथमिकता दिइन्छ।भाषा राम्रो भयो भने भाषा बिद्यालय ले विभिन्न छात्रवृत्ति उपलब्ध गराउछन जसले गर्दा आर्थिक भार पनि कम पर्न जान्छ।)
३) यदि भाषा राम्रो बनाउनु भयो भने JFT र SSW को परिक्षामा सामेल हुनुहोस जस्मा पास हुनुभयो भने जापान प्रवेश गरेर आर्थिक वा कुनै समस्याले पढाईलाई निरन्तरता दिन नसकेको खन्डमा सिधै काम गर्न सकिन्छ।
४) लाइसेन्स निकल्नुहोस्: तयारी कक्षा संगै गाडीको लाइसेन्स निकाल्नु भयो र नेपालमै ६महिना कटाउनु भयो भने जापानको लाइसेन्समा सिधै परिवर्तन गर्न सकिन्छ यहाँ सुरुबाट लाइसेन्स निकाल्ने प्रकृया खर्चिलो र झन्झटिलो पनि छ ।
५) यहाँको संस्कृति नियमहरुको ज्ञान लिनुहोस् जस्ले गर्दा प्रवेश गरिसकेपछी जीवन यापन गर्ने केही सहज अवश्य हुनेछ। ६) स्वास्थ्य परिक्षण गर्नुहोस: आफु भित्र रहेको तर नदेखिएको कुनै पुरानो रोग छ पत्ता लगाउने कोसिश गर्नुहोस जसले गर्दा यहाँ आइसकेपछि कुनै समस्या नदियोस ।
७) कलेज र सेन्पाइ खोज्नुहोस्: आफु आउन लागेको कलेज ठाउँ र त्यहाको सेन्पाइ खोज्ने र जोडीने प्रयास गर्नुहोस् ताकी जापान आउने बित्तिकै एक्लो भन्दा पनि पारिवारिक माहोलको महसुश होस् र केही नकारात्मक पक्ष भए समाधान गर्न सकियोस् ।
८) माइन्ड सेट गर्नुहोस् : जापान हजुरले देखेको, सुनेको र सोचेको भन्दा फरक हुन सक्छ । जुन साथीले पैसा कमाएको देखेर हजुर जापान आउन खोज्दै हुनुहुन्छ हजुरले त्यो वातावरण नपाउन पनि सक्नुहुन्छ। हजुरलाई स्वास्थले साथ नदिन पनि सक्छ, गाउँ तिर पर्यो भने भनेजस्तो काम नपाउन पनि सक्छ, काम कालेज र रूम पाएक पर्ने ठाउँमा नहुन पनि सक्छ आदि ।
आर्थिक को कुरा गर्ने हो भने हामी अधिकांश मध्यम वर्गीय परिवारका विद्यार्थी पढ्दै कमाउदै गर्ने सपना बोकेर ऋणधन गरेर हरियो पासपोर्टमा छाप लगाउछौं त्यसैले पढाईमा ध्यान दिएर छात्रवृत्ति पाउन सफल भयौं भने नेपालको ब्याज केहि वर्ष थाम्न सकिन्छ।अहिले २ वर्ष पछी जापान खुलेको र विश्व भरीबाट धेरै मात्रैमा विद्यार्थी एक्कासी प्रवेश गरेकाले थोरै समस्या देखिएको हो त्यसैले धैर्य गरौ भाषामा जोड दियौं जापान अवसर नै अवसरको देश हो आफुलाई अब्बल बनाऔ धेरै अवसरहरुहजुरको योग्यताको पर्खाइमा छन ।
अजय राना
(अध्यक्ष,नेपाली विद्यार्थी समाज जापान (नेसाज)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




