काठमाडौं । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज (पुल) आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् ।
यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।
कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।
राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् । पद्मा ब्रिज बंगलादेशको गौरव भएको बताउँदै उनले भनिन्, ‘मलाई कसैप्रति कुनै गुनासो छैन, तर म मान्दछु कि जसले पद्मा ब्रिज निर्मण योजनाको विरोध गरेका थिए र यसलाई पाइप ड्रिम भनेका थिए, उनीहरुमा आत्मविश्वासको कमी थियो ।
मलाई विश्वास छ कि यो पुलले उनीहरुको आत्मविश्वासलाई बढाउने छ ।’ उनले यो पुललाई बंगलादेशको क्षमता, शक्ति र गरिमाको प्रतीक भएको बताइन् । सो अवसरमा उनले १०० रुपैयाँको नोट पनि जारी गरेकी थिइन् ।
यस परियोजनामा शुरुमा विश्व बैंकले लगानी गर्ने भनिएको थियो । तर यो बंगलादेशका अधिकारीहरुबीच उच्चस्तरीय भ्रष्टाचारको प्रमाण हो भन्दै विश्व बैंक सन् २०१२ मा पछि हटेको थियो । त्यसपछि एडीबी, जाइका पनि बाहिरिएका थिए ।
बंगलादेशका अधिकारीहरुले भने भ्रष्टाचारको आरोपको खण्डन गर्दै आएका थिए । त्यसपछि बंगलादेशका अधिकारीहरुले अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्पर्क गर्न छाडेर स्वदेशी लगानीमै निर्माणको काम थालेका थिए । त्यसपछि सन् २०१५ मा बंगलादेशले यो पुलको निर्माण थालेको थियो । यसको जग नदीको सतहभन्दा १२२ मिटर गहिरो छ । विश्वकै सबैभन्दा गहिरो जगमा बनेको पुल हो । यो पुल ९ रेक्टरसम्मको भूकम्पलाई धान्न सक्ने क्षमताको रहेको प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




