टोकियो/जापान । जापानको मियागी प्रिफेक्चरमा अवस्थित सेन्दाईमा अध्ययनको शिलशिलाम् रहेका विद्यार्थीहरुको आउँदो जुलाई १८ तारिख वृहत भेला आयोजना हुनेभएको छ ।
सेन्दाईमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरूलाई एकीकृत गरी विद्यार्थीहरुको हक,हित र अधिकारलाई सुनिस्चित गर्न सन २०२० देखी सक्रिय रुपमा निरन्तर कार्य गरिरहेको सेदाई बिधार्थी समुहले जुलाई १८ तारिख प्रथम अधिवेशन गर्ने तयारी गरेको समूहका संस्थापक तथा संयोजक गोकर्ण रुपाखेतीले नेपालन्युजपोस्टलाई बताए ।
संस्थापक रुपाखेतीका अनुसार,सन २०२० को अन्त्यतिर कोरोना महामारीका कारण सेन्दाई अस्तब्यस्त बन्न पुग्यो । धेरै विद्यार्थीहरु संक्रमित भए,उनिहरुले भएका काम गुमाऊनु पर्यो र दैनिक जिवन कस्टकर बन्यो। धेरै संघसंस्था र व्यक्तिलाई अनुरोध गर्दा पनी केही सहयोग पाउना सकिएन त्यस पश्चात यि र यस्तै समस्यालाई मध्यनजर गर्दै सबै विद्यार्थीलाई एक हुन आह्वान गर्दै सेन्दाई विद्यार्थी समुह म्यासेंजर ग्रूप बनाई एक अर्काको समस्यामा सहयोग आदानप्रदान गर्ने उदेश्य सहित यो समूह अस्तित्वमा आएको हो । अहिले, सेन्दाईमा आएका नयाँ विद्यार्थीहरूको दैनिकी सहज बनाउन आवश्यक पर्ने बैक खाता खोल्न देखी काम लगाउने सम्मको काममा समूहका सदस्यहरु खटिरहेको छ ।
सेन्दाईमा ऐतिहासिक कार्यक्रम आयोजना हुँदैः
जुलाई १८ का लागि तय गरिएको सेन्दाई विद्यार्थी समूहको प्रथम अधिवेशन( नवप्रवेशि बिधार्थी स्वागत तथा सहयोगी अग्रज सम्मान कार्यक्रम ) भव्य हुने भएको छ । संयोजक रुपाखेतीले जनाए अनुसार,उक्त कार्यक्रमका लागि जापानभरबाट सहयोगीहरुले हात अघि बढाएका छन् । हालसम्म २ लाख ५ हजार ५ सय ५५ येनको सहयोग प्रतिवद्धता प्राप्त भएका छन् । अधिवेशन पश्चात सेन्दाईमा रहेक़ो सबै बिधार्थीहरू संग हातेमालो गर्दै विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




