काठमाडौं । राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् ।
अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पु¥याएको योगदानका लागि सम्मान गरेको हो ।
सोहि कार्यक्रममा विभिन्न क्षेत्रबाट अमेरिकाको बाल्टिमोरमा सहयोग गरेका निकायका प्रतिनिधीलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा सुदूरपश्चिम समाज बाल्टिमोरका युवा समाजसेवी तथा बानाका बोर्ड अफ डिरेक्टर र खेलकुद बिभागका उप–संयोजक बिक्रम शाही पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट, सोहि संस्थाका क्रिकेट डाइरेक्टर उत्सब सिग्देल, बिश्व किरण थापा, सुमन क्षेत्रीसँगै एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव प्रविण खड्कालाई पनि सोहि कार्यक्रममा सम्मान दिइएको हो । कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका सबै टिमका खेलाडीलाई स्वागत मन्तब्य दिएका थिए ।
यस्तै एनआरएनए एनसीसी अमेरिकाका सचिव अनुप खनाललाई पनि बाल्टिमोरमा पुर्याएको योगदानको कदर गर्दै डिस्ट्रिक्ट ८ का डेलिगेट्स कार्ल ज्याक्सन, हेरी भण्डारी र जोसेफ सी बोट्लरले सम्मान गरे । यस्तै मेरिल्याण्डमा रहेको विभिन्न समाजका प्रतिनिधीलाई पनि सोहि कार्यक्रममा सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




