काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चारजनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमका अनुसार बालिग नभइसकेका कारण हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुईतिहाइ अर्थात करिब १६ वर्ष मात्र कारावासको फैसला भएको छ ।

२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाती विपीन र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।

हत्या आरोपमा उनीहरुकै छिमेकी २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए । नरेश बाहेकका चारजनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका छिमेकी र नातेदारसमेत हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार