सल्यान । सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नंम्वर २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन्।
रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।
पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।
‘बलात्कारमा संलग्नहरू मुखमा नकाब लगाएर गएको र घरेलु हतियार हँसिया देखाएर ज्यान लिने धम्की दिएर जबरजस्ती करणी गरेको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘पीडित बालिकाले मरेको नाटक गरेपछि उनीहरू छोडेर भागेका रहेछन्।’
घटनापछि बालिकाले हारगुहार माग्दा ठूली आमा ब्युँझिएको र उनैले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे खबर गरेपछि राति नै प्रहरी परिचालन भए पनि आरोपितलाई भागेको हुँदा फेला पार्न नसकेको डिएसपी खड्काले जानकारी दिए।
घटनास्थल दुई जिल्लाको सीमानास्थल भएको हुँदा एक जिल्लाबाट अर्को जिल्ला जान सहज रहेको र राति नै उनीहरू भागेर जाजरकोट पुगेको डिएसपी खड्काले बताए।
‘पहिला त अज्ञात समूहले बालिकामाथि सुतिरहेको समयमा घरभित्रै घुसेर फिल्मी शैलीमा बलात्कार गरेको भन्ने सूचना दिइएको थियो,’ डिएसपी खड्काले भने, ‘पछि अनुसन्धान गर्दै जाँदा मात्रै जाजरकोट प्रहरीको सहयोगमा पहिला भण्डारीलाई पक्राउ परेपछि बस्नेतलाई पनि पक्राउ गर्न सहज भएको हो।’
डिएसपी खड्काका अनुसार बलात्कारमा संलग्न युवाहरू पीडित बालिकाकी दिदीका साथीहरू रहेको खुल्न आएको छ। उनकी दिदी पनि नाबालिक नै रहेको तर, उनीहरू साथीहरू रहेको खुल्न आएको डिएसपी खड्काले बताए।
आरोपितबारे कुनै सुराक नमिलेपछि दोस्रो दिन असार २३ गते बिहान पीडितकी दिदीलाई सोधपुछ गर्ने क्रममा उनीहरूलाई बिहीबार बिहान आफूले शान्तिबजारमा देखेको कुरा गरेपछि त्यहीबाट अनुसन्धान सुरू गरिएको डिएसपी खड्काले बताए।
घटना अनुसन्धानका लागि सुरूमा जाजरकोट प्रहरीको सहयोगमा भण्डारीलाई नियन्त्रणमा लिएपछि १४ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारबारे पोल खुलेको डिएसपी खड्काले बताए।
पक्राउ परेका रमेश र डिल्लीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




