जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटि को प्रथम अधिवेशन सम्पन्न भएको छ।आइतबार, स्थित तोहुकुमा सम्पन्न प्रथम अधिवेशनबाट १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरिएको छ ।
प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनमा बिशेष अतिथि प्रवासी नेपाली मंच पूर्बी एसिया कमिटि अध्यक्ष डा.सरोज कडेल, प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी रहेका थिए भने अतिथिहरुमा संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल, प्रचार विभाग प्रमुख प्रकाश ढकाल, संघसंस्था विभाग प्रमुख अर्जुन अधिकारी, कान्तो क्षेत्रीय कमिटि अध्यक्ष बुद्धिराज घिमिरे , राष्ट्रिय कमिटि सदस्य बिजय उप्रेती, राष्ट्रिय कमिटि सदस्य बिनय गुरुङ लगायतका उपस्थिति रहेका थिए ।

आइतबार सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित हुनेहरुमा क्रमशः अध्यक्षमा अनिल गिरी, उपाध्यक्षमा दिपक तामाङ (स्याङ्तान), सचिबमा सुजनराज गुरुङ, उप-सचिबमा सुजन बौद्धचार्य र दिपक तामाङ (दोङ) रहेका छ्न भने सदस्यहरुमा कमल बिक, नारायण रिमाल, भबेश न्यौपाने, राजेन्द्र मिश्र, उत्तम घिमिरे, बलराम दाहाल, मनोज कार्की, सुर्यप्रसाद कोईराला, सजन सापकोटा, भरत जैशी, मिलन लो लामा, बुनु तामाङ, रामकृष्ण मानन्धर तथा गौतम खड्का निर्वाचित भएका हुन ।

अधिवेशन सम्पन्न पश्चात् अबको केही दिनमा नै पहिलो बैठक बस्ने र बाँकी ६ जना सदस्य मनोनित गरि प्रभावकारी तथा रचनात्मक ढंगले गतिविधिहरु संचालन गर्ने जानकारी गराईएको छ । मनोनयन पुरा भएपछि, प्रवाशी नेपाली मंच जापान तोहोकु क्षेत्रीय कमिटी २५ जनाको रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




