कोलोम्वो । श्रीलंकामा आज (बुधबार) नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि उनको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुन लागेको हो ।

निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षे माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार