नेपालमा आयोजना हुने मेला र महोत्सवहरुमा विभिन्न जातजातीकाझाँकीहरु प्रदर्शन गर्नु नियमित जस्तै भैसकेको छ। यस्ता मेला रमहोत्सव जहाँ आयोजना गरिएपनि‘कला र सस्कृतिको जगेर्ना‘ मुलनारानै हुन्छ, तर के सबै कार्यक्रममा हामी हाम्रो कला र सस्कृतिकोप्रबर्दन गर्न सफल भएका छौ त ? जापानबासी नेपालीहरुका मनमापक्कै यस्ता थुप्रै प्रश्नहरु छन्।

बिदेशमा आयोजना गरिने यस्ता मेला र महोत्सवहरु प्रायकलाकारहरु बोलाउने र रमाइलो मात्रै गर्ने परम्परामा मात्रै सिमितहुन्छन तर जुलाई ३० र ३१ तारिख जापानको टोकियोमा आयोजितनेपाल फेस्टिवल पृथक देखियो।जापान स्थित नेपाली दुतावास र एनआरएनए जापानको संयुक्तआयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा जापानमै बसोवासगरिरहेका पुराना र नया कलाकारहरुले मंचमा प्रवेश पाए ।कार्यक्रममा बिदेशी बालबालिकाले रेशम फिरिरी गुन्जाए, अनिजापानी बालवालिकाहरु नेपाली गीतमा नृत्य गरे यसले पक्कै पनिहाम्रो कला र संस्कृतीलाइ जापानीहरु माझ चिनाउन पक्कै मद्दतगरेको छ।

‘हनुमान नाच देख्दा मलाइ त बागलुङ्गमै छु जस्तो लाग्यो‘ पत्रकारखागराज गौतमले भने ‘जापानको राजधानी टोकियोमा पनि हनुमाननाच देख्न पाउदा हर्षको अनुभूत भयो ।‘ नेवार समुदयामा प्रचलितहनुमान नाच नेपालको लोपउन्मुख परम्परागत नाच हो, जुनबाग्लुङ्गमा आयोजना हुने हरेक मेला र महोत्सवको प्रमुख आकर्षणबन्ने गरेको छ।‘नेपालमा लोप हुन लागेको हनुमान नाच जापानको मुटुमा नाचिनुकला र सस्कृतिको संरक्षण मात्रै होइन, यो त विदेश तर्फको बिस्तारपनि हो‘ नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले भने‘बेला बखत यस्ता मेला र महोत्सवको आयोजना गरी सास्कृतिकझाँकीहरुको प्रदर्शन गर्दा बिदेशीले पनि हाम्रो सस्कृति चिन्ने र बुझ्नेमौका पाउछन।‘

गुरुङ समुदायको छ्याँढु नाच, मगर समुदायको कौडा र सालैजो, राइसमुदाय साकेला, लिम्भुको च्याब्रुङ, तामांङ् समुदायको तामांङ् सेलोमेलाका आकर्षण बने। नेपाली सहित जापानी, भियतनामी, फिलिपिनी लगायतका देशका नागरिकहरु समेत उपस्थित भएकाथिए। उक्त कार्यक्रममा थारु सहित विभिन्न जातजातीका जातीयभेषभुषाहरु प्रदर्शन गरिएको थियो।मेलाको अर्को आकर्षण थियो पन्चे बाजा। नेपाली धार्मिक एबम्साँस्कृतिक बाजाको रूप मा प्रयोग हुदै आएको मौलिक संस्कृतिकोधरोहर हो पन्चे बाजा । पन्चेबाजा जापानका शहरहरुमा घनकिनलागेको लगभग १० वर्ष हुन लाग्यो।

पन्चेबाजा अहिले जापानमा रहेका नेपाली समुदायमा लोकप्रिय हुदैगएको छ । ‘नेपाली पन्चेबाजा फेस्टिवलको प्रमुख आकर्षण बन्नु रबिदेशी नागरिकहरुले पनि बहुत चासो देखाउनु हाम्रो लागि खुसीकोकुरा हो‘ लोक तथा दोहोरी गायक रामकृष्णबम मल्लले भने ‘अझै पन्चेबाजा जापानमा पनि ब्यबसायिक हुँदै जानु त झन् गर्वको बिषय हो।‘घुम्टे नौमती बाजा समूह, देउराली पन्चे बाजा समूह, गल्कोट पन्चेबाजा समूह गरी अहिले जापानमा ३ ओटा समूहरु छन्। उनीहरुलेनैयहाँ हुने बिवाह या सास्कृतिक कार्यक्रममा पन्चे बाजा बजाउने गर्दछन।

चर्को गर्मी र कोरोनाको बढ्दो संक्रमणको प्रवाह नगरी पन्चेवाजा संगैमानिसहरु नाचिरहेको दृश्य बिदेशीहरुलाई अनौठो लाग्दो त थियो नैउत्तिकै रोचक पनि। ‘जापानमा पनि हाम्रा आफ्नै संस्कृति त छन् तरनेपालीहरु आफ्नो संस्कृतिप्रति राखेको चासो र लगाव साच्चिनैतारिफ योग्य छ‘ मेलामा आएका कुनिहिरो नामका जापानी नागरिकलेभने ‘जाती पिच्छेका जातीय भेषभुषा छन् भन्ने सुन्दा र देख्दा रमाइलोलाग्यो।‘

शनिवार र आइतवार २ दिन सम्म चलेको उक्त फेस्टिवलमा प्रवेशगरेपछि मंचको अगाडी दायाँ पट्टि गाउँको एउटा सुन्दर घर थियो ।ढुंगाले छाएको, घरका पालीमा फर्सीहरु राखिएको, रंगरोगन गरेर  चट्टपारिएको उक्त घर सम्भवत सबैको पहिलो रोजाइमा परेको हुन पर्छ ।‘गाउमा मान्छे बस्न छोडे, शहरमा बिल्डिङ्ग बाहेक अरु देखिदैनजापानमा त झन् गगन चुम्नी महल बाहेक अरु देख्न मुस्किल हुन्छ‘ बाग्लुङ्ग मालिकाका गुरुप्रसाद सापकोटाले भने ‘यो चिटिक्क परेकोघर देख्दा मेरा आखा सित्तल भए, मनमा आनन्द आयो अनि सबैलाईयस्तै अनुभूति गराउन फेस्टिवलमा यो घर राख्ने निर्णय गरेको हुँ।‘

दुइदिनको फेस्टिवल सम्पन्न भएपछी आयोजक एनआरएनए जापानउत्साहित बनेको छ । ‘कार्यक्रम असफल होस् भन्ने केही व्यक्तिहरुकोचाहना थियो तर कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ‘ एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेलले भने ‘यस्तो जटिलअबस्थामा फेस्टिवल सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति हार्दिकआभार ब्यक्त गर्दछौ।‘

कार्यक्रमको उद्घाटन सत्र नेपाली र जापानी भाषामा संचालन गरिएकोथियो । एनआरएनए सदस्य सचिन आचार्यले नेपाली भाषामा रकास्की पोखरा समाजका महासचिव विसु भण्डारीले जापानी भाषामाउद्घोषण गरेका थिए।समग्रमा एकथरीको बिरोधका बाबजुत एनआरएनए जापानलेआयोजना गरेको कार्यक्रम पूर्ण रुपमा सफल भएको छ ।ब्यबस्थापकीय कमजोरी, नेपाली कला र संस्कृतीलाइ जापानीभाषामा अनुवादका लागि अपुरो तयारी लगायतका कमजोरीकाबाबजुद नेपालका जातीय झाँकी र अलग अलग संस्कृतिलाइ नेपालीसमाजमा पुनर्ताजकी गर्न फेस्टिवल सफल भएको छ।

हाम्रा कला र संस्कृतिहरु पछिल्लो पुस्तामा हस्तान्तरण गर्दैबिदेशीहरुले पनि अनुशरण गर्न सक्ने गरी बिदेशी लक्षित कार्यक्रमगर्न सके यस्ता फेस्टिवलहरुले हाम्रा रीतिरिवाज र चालचलनहरु बारेबिदेशी पनि जानकार हुन पाउनेछन।तर, हामीले मंच बाट हाम्रो संस्कृति बिदेशीलाइ देखाउदै गर्दा सडकमासंस्कार देखाउन सकियो कि सकिएन यसको समिक्षा फेस्टिवलमाआएका सबै नेपालीले गर्नै पर्ने देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार