बुटवल । रुपन्देहीको तिलोत्तमा–१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमान मोहन चौधरीविरूद्ध जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।

मोहनले साउन १५ गतेदेखि पटक–पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।

श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ । उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् ।

परिवारका अनुसार वर्षाले विवाहित र दुई सन्तान भएर पनि आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर मोहनसँग बिहे गरेकी थिइन् । पछि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच असमझदारी र बेमेल उत्पन्न भएको थियो । नवलपरासी बर्दघाट माइत भएकी वर्षाले कपिलवस्तु बांणगंगाका पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद समेत गरेकी थिइनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार