नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान आईपुगेका छन् । पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन प्रचण्ड जापान आईपुगेका हुन । नेपाल एयरको बिमानमार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावास सहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता बिमानस्थलमा स्वागत गरेका थिए ।

नितान्त निजी भ्रमणमा आएका प्रचण्डले शनिवार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्द्घाटन गर्ने र आइतबार जनसम्पर्क समितिले टोकियोमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि हुने जनसंपर्क समिति जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

‘जनसम्पर्क समितिले आयोजना गरेका कार्यक्रम बाहेक केही राजनीतिक भेटघाट पनि हुनेछन् ।’ पन्तले भने ‘हामीले आयोजना गरेका भेटघाट कार्यक्रम बाहेक अरु कार्यक्रमको तालिका दुतावासले तय गरेको छ । दुतावासले तय गरेको तालिका बारे भने आफुलाई जानकारी नभएको पन्तको भनाइ छ ।

तर राजनीतिक भेटघाट बारे भने नेपाली दुतावासले केही खुलाएको छैन । दुतावास श्रोतले दिएको जानकारी अनुसार प्रचण्डको राजनीतिक भेटघाटका लागि दुतावासले भित्री तयारी गरिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार