जापान । अगस्ट ७ तारिखको रातीदेखि ८ तारिखको बिहानसम्म, चिनियाँ सामुद्रिक सेनाका दुईवटा जहाज जापानको ओकिनावा प्रिफेक्चरतो सेन्काकु टापुको तटबाट जापानको जलक्षेत्रमा प्रवेश गरेको बताईएतो छ।

दुईवटा जहाजहरूले जापानी माछा मार्ने डुङ्गाहरू नजिक जानको लागि प्रयास गरिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् । जापानी सामुद्रिक आत्मरक्षा बल मुख्यालयले तिनीहरूलाई माछा मार्ने डुङ्गाहरूको सुरक्षा सुनिश्चित गर्न र जापानको क्षेत्र तुरुन्तै छोड्न चेतावनी दिइरहेको बताईएको छ।

ओकिनवास्थित ११औं क्षेत्रीय सामुद्रिक सुरक्षा मुख्यालयका अनुसार ७ तारिख राति ११ः३० बजेपछि चीनको सामुद्रिक सुरक्षाका दुईवटा जहाज सेन्काकु टापुको कुबा टापुबाट मध्येराती मिनामिकोजिमाको तटबाट अगाडी बढेका थिए ।

त्यस समय जापानी माछा मार्ने डुङ्गाहरू नजिकैको पानीमा सञ्चालन भइरहेका थिए ।जापानी सामुद्रिक सुरक्षाकर्मीहरुले ती दुई जहाजहरूलाई माछा मार्ने डुङ्गाहरूबाट टाढा रहन चेतावनी दिन जारी गरेको थियो ।

सेन्काकु टापुहरूको तटमा, चिनियाँ सामुद्रिक सेनाका जहाजले ७ तारिख दिउँसो जापानको क्षेत्रभित्र पर्ने पानीमा अस्थायी रूपमा प्रवेश गर्यो ।चिनियाँ जहाजहरु यसरी जापानी जल क्षेत्रमा पघुसपैठ गरेको यो १६औं पटक हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार