टोकियो/जापान । अघिल्लो वर्ष नागोया अध्यागमन ब्यूरोको थुनामा रहेकी श्रीलंकाली महिलाको मृत्युको घटनामा मृतक महिलाको परिवारले हत्याको आशंकामा त्यस समयका नागोया अध्यागमन प्रमुख लगायतविरुद्ध आपराधिक उजुरी दर्ता गराएका छन्।

गत वर्ष मार्चमा नागोया अध्यागमन ब्यूरोको थुनामा रहेकी एक ३३ वर्षिय श्रीलंकाली महिला विस्मा सान्दामालीको स्वास्थ्यमा समस्या आएपछि, उनको त्यही थुनामै मृत्यु भएको थियो ।अध्यागमनले विरामी भएर मृत्यु भएको बताएपनि पिडित परिवारले भने अध्यागमन विभागका कर्मचारीहरुले बिरामी हुँदा उचित उपचार नगराएकाले मृत्यु भएको दाबी गर्दै आएका छन्।

मृतकका परिवारका अनुसार बिरामी भएर उपचार गर्न अनुरोध गर्दा पनि विस्मालाई हिरासतमा राख्ने क्रम जारी राखियो, किनभने तत्कालीन प्रशासन कार्यालयका निर्देशकले हिरासतमै मरेपनि केहि फरक नपर्ने सोचेका थिए । तर,यहि वर्षको जुनमा सरकारी अभियोजनकर्ताहरुलो तत्कालीन निर्देशकसहित १३ जनालाई शंकाको आधारमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

मृतकका परिवारले भने,विस्माको मृत्यु तत्कालिन अध्यागमन प्रशानको लापरवाहीका कारण भएको दावी सहित थप मुद्धा दायर गरेको बताईएको छ । अध्यागमन विभागले दिएको प्रतिक्रिया र विश्माको मृत्युबीचको कारण सम्बन्धलाई बेवास्ता गर्ने अनुचित कार्य भएको तर्क गर्दै शोकाकुल परिवारले यहि ८ तारिख सरकारी वकिलको कार्यालयमा उजुरी दिएका छन् ।

आरोपको उजुरी दिएपछि विस्माकी बहिनी वायोमीले पत्रकार सम्मेलनमा भनिन्, ‘मलाई आशा छ अभियोजन समितिले उचित निर्णय गर्नेछ ।” मुद्दाको प्रतिनिधित्व गर्ने वकिल, शोइची इबुसुकीले भने, “अभियोग नचलाउने निर्णय उचित थियो भनेर म विश्वास गर्न सक्दिन र नागरिकहरूले निर्वाचित गरेको अभियोजन समितिबाट मलाई ठूलो आशा छ।”यस विषयमा पीडित परिवारले नागोया जिल्ला अदालतमा सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार