टोकियो/जापान । आज (१० अगस्ट) जापानले विदेशी पर्यटक भित्र्याउन थालेको दुई महिना पुगेको छ । तर यो बीचमा आशा गरे अनुरुप विदेशी पर्यटकहरु भित्रिन सकेका छैनन् ।

गत महिनाको अन्त्यसम्ममा जापान प्रवेश गर्ने पर्यटकको सङ्ख्या ८ हजार जनाको हाराहारीमा मात्रै रहेको अध्यागमन कार्यलयले जनाएको छ । येनको भाउमा भएको तिब्र गिरावटसंगै जापानमा पर्यटकहरूको वृद्धिको आशा गरिएको थियो ।येन ऐतिहासिक रुपमा कमजोर बनेता पनि विदेशी पर्यटकहरुलाई खासै आकर्षित गर्न सकेको छैन ।

कोरोना सङ्क्रमण फैलिन नदिन सीमा बन्द गरेको जापान सरकारले पुन प्रवेश दिन थालेको आज २ महिना पुगेको छ। पर्यटकहरुलाई सहज बनाउन भन्दै दैनिक २० हजार मानिसहरु जापान प्रवेश गराउने व्यवस्था गरिएको छ । अमेरिका,दक्षिण कोरिया,चीन लगायतका १०२ देशका पर्यटकहरुलाई प्रवेश सहज बनाईएको छ ।

तर पर्यटक आगमन भने अत्यन्तै न्युन देखिएको छ । कोरोना रोकथामका लागि झण्डै २ वर्ष ठप्प रहेको जापानको पर्यटन व्यवसायलाई फेरि कसरी जिवन दिने भनेर, सरकारले विभिन्न उपायहरु कार्यन्वयन गराउनेबारे सोचिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

अध्यागमन कार्यलयका अनुसार गत महिनाको अन्त्यसम्ममा जापान प्रवेश गर्ने विदेशी पर्यटकको संख्या ८ हजार मात्रै थियो । जबकी जुनमा २५२ र जुलाईमा ७,९०० थिए।जापान टुरिजम एजेन्सीका अनुसार यो महिनाको ५ देखि ३१ तारिखसम्म दैनिक ३१० भन्दा बढी विदेशी पर्यटकले जापान प्रवेशका लागि आवेदन दिएका छन् ।

जापानमा सबैभन्दा धेरै आउने चिनियाँ पर्यटकहरु चीनमा फैलिएको भाईरसका कारण यात्रा कडाईका साथ प्रतिबन्धित छ।त्यसैले अब, युरोप र संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटकहरूको संख्यालाई प्राथमिकता दिने योजना अघि सारिएको छ । जापानले अझै नेपाल लगायतका १ सय भन्दा बढी मुलुकका मानिसहरुलाई पर्यटन भिसा खुला गरेको छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार