टोकियो/जापान । नयाँ मन्त्रिमण्डल पुनर्गठन गरेसंगै जापानका प्रधानमन्त्री फुमियो किशिदाले उर्जा र खाद्यान्नको मूल्यमा भएको बृद्धिबाट परेको आर्थिक असरलाई कम गर्न थप उपायहरु ल्याउन आफ्नो सरकारलाई निर्देशन दिने बताएका छन् ।

किशिदाले सोमबार सरकारी प्यानलको बैठकमा खुद्रा विक्रेता र घरपरिवारलाई बढ्दो जीवनयापन लागतको सामना गर्न मद्दत गर्ने उपायहरूबारे छलफल गर्न आदेश जारी गर्ने बताएका छन् । किशिदाले आफ्नो चुनावी अभियानमा मध्यम तथा न्युन आए भएकाहरुलाई जीवनयापन गर्न सहज हुने वातावरण बनाउने बताएपनि,हालसम्म त्यसको प्रत्याभूति गराउन सकेका छैनन् ।

किशिदाले गत शुक्रबार एक पत्रकार सम्मेलनमा भने – “म ऊर्जा र खाद्य मूल्यहरूमा ध्यान केन्द्रित गरी थप, निर्बाध कदमहरू चाल्न आदेश दिनेछु, जसले मुद्रास्फीतिमा हालैको वृद्धिलाई केहि मत्थर बनाउनेछ ,”बढ्दो जीवनयापन लागतलाई समायोजन गर्दै महामारीबाट ध्वस्त जापानको अर्थतन्त्रलाई सुधारको बाटोमा लिएर जानु किशिदा सरकारको प्राथमिकता बनेको छ ।

अन्य विकसित देशहरूको तुलनामा सामान्य नै भए पनि, इन्धन र विश्वव्यापी कच्चा पदार्थको लागत बढेका कारण जापानको उपभोक्ता मुद्रास्फीतिले जूनमा लगातार तीन महिनाको उच्च रेकर्ड कायम गर्यो ।जसको प्रत्यक्ष मार आम उपभोक्ताहरुमा परिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार