टोकियो/जापान । बटरफ्लाइ डिजाइनका लागि परिचित जापानकी एक अग्रणी विश्वव्यापी फेसन डिजाइनर मोरी हानाएको यही महिनाको ११ तारिख निधन भएको छ । उनि ९६ वर्षकी थिईन् ।

सन् १९२६ मा शिमाने प्रिफेक्चरमा जन्मिएकी मोरीले सन् १९५१ मा टोकियोको शिन्जुकुमा स्टुडियो स्थापना गरेर डिजाइनरको रूपमा आफ्नो पहिलो कदम चालेकू थिईन् । उनले जापानी चलचित्रहरूको लागि धेरै पोशाकहरू डिजायनरको रुपमा काम गरेकी थिईन् ।

सन १९६५ मा न्यूयोर्कमा प्रस्तुत गरिएको उनको पहिलो संग्रहले उनलाई “इस्ट मिट्स वेस्ट” भनेर चिनिन थाल्यो र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरिन् । त्यस पछि, उनी पेरिस एक उच्चस्तरिय कस्टम मेड कपडा संघको सदस्यका रुपमा जापानलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रूपमा सक्रिय फेसन डिजाइनरको रुपमा परिचित बनिन् ।

सम १९८६मा, उनी केईजाई दोयोकाईको पहिलो महिला सदस्य बनिन्, र महिलाहरुको सामाजिक विकासको प्रतीक कोरूपमा एक चर्चाको विषय बनिन् । त्यस्तै सन १९९२ मा, उनले बार्सिलोना ओलम्पिकका लागि जापानी टोलीको आधिकारिक पोसाक डिजाइन गरिन् ।

पछि सन १९९६ मा अर्डर अफ कल्चर प्राप्त गरिन् । उनको कर्मसंगै एकपछि अर्को सफलता र सम्मानहरु प्राप्त गर्दै गईन् ।र सन १९८९ र २००२ मा फ्रान्सेली सरकारबाट उच्च स्तरिय सम्मान पनि प्राप्त गरिन् ।

मोरी सन २००४ पेरिस संग्रह पछि सेवानिवृत्त भईन् त्यसपश्चात उनले युवा डिजाइनरहरुलाई प्रशिक्षण दिने लगायतका कामहरुमा समय व्यतित गर्दै आएकी थिईन् ।अहिले उनका आफन्तहरुले जानकारी गराए अनुसार ९६ वर्षको उमेरमा निधन भएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार