टोकियो/जापान। जापान सरकारले सुस्त अर्थतन्त्रलाई उकास्ने प्रयासमा कोभिड १९ रोकथामका लागि जारी गरेको सीमा नियन्त्रण उपायहरू सहज बनाएपछि जुलाईमा जापान प्रवेश गर्ने विदेशीहरुको संख्या लगातार चौथो महिना पन् १ लाख नाघेको छ ।

जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार गत महिना कुल १ लाख ४४ हजार ५ सय विदेशीहरुको आगमन भएको छ । यो सन २०२१ को जुलाईको तुलनामा २.८ गुणा बढि हो । तर यसले सन २०१९ को पूर्व-महामारी वर्षको सोही महिनाको तुलनामा ९५.२ प्रतिशतले गिरावट देखाएको छ ।

जापानले जुनमा साना-ठूला भ्रमणका लागि आफ्नो ढोका खोलिदिए पनि गत महिना विदेशी पर्यटकको संख्या ७,९०३ मात्रै ।जापान भ्रमण गर्न आवश्यक जटिल प्रक्रियाहरू(जस्तै कोरोना परीक्षण नतिजा र भिसा प्राप्त गर्न)भएकाले पर्यटक आशाअनुरुप आउन नसकेको अनुमान गरिएको छ । अगस्ट १२ देखि ३१ सम्मको अवधिमा पर्यटन प्रयोजनका लागि जापान प्रवेशका लागि आवेदन दिनेको संख्या ७ हजार ४१२ रहेको संस्थाले जनाएको छ ।

सेप्टेम्बर र अक्टोबर पछिको यात्रा आवेदन संख्या क्रमशः ४,७३० र २,८१० रहेको छ, जसमा अधिकांश दक्षिण कोरियाका छन्। देशको आधारमा, जुलाईमा जापानमा कुल विदेशी आगमनको सबैभन्दा ठूलो संख्या भियतनामबाट २२,७००, दक्षिण कोरियाबाट २०,४०० र चीनबाट १४,८०० थियो, सम्भवतः प्राविधिक इन्टर्न, व्यवसायी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका रूपमा आएको हुनसक्ने आँकलन गरिएको छ ।

यसैबीच, जुलाईमा विदेश गएका जापानीहरूको संख्या २,७७,९०० पुगेको छ, जुन २०२१ को सोही महिनाको तुलनामा ६.४ गुणा बढी थियो। सन् २०१९ को सोही महिनाको तुलनामा यो संख्या ८३.३ प्रतिशतले घटेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार