टोकियो/जापान । शुक्रबार(अगस्ट १९ तारिख)जापानमा एकैदिन २ लाख ६१ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संख्या लगातार दोस्रो दिन पनि ऐतिहासिक कायम भएको हो ।

संक्रमित संख्या बढेसंगै शुक्रबार संक्रमितहरुको मृत्युदर पनि बढेको छ । शुक्रबार एकैदिन २९४ जनाको मृत्यु भएको छ । जापानमा पछिल्लो २ महिनायता लगातार कोरोना संक्रमण उच्च जोखिमपुर्ण अवस्थामा रहेको छ । दैनिक औसत पनि १ लाख ५० हजार जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएको छ ।

अधिकांस सहरहरुमा अस्पत्तालमा उपचार गराउने ठाउँ छैन भने सिकिस्त बिरामी हुँदा पनि एम्बुलेन्स पाउन मुस्किल परिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् । कोरोना उच्च मात्रामा बढेपनि सरकारले यस पटक अत्यन्तै सामान्यरुपमा लिईरहेको छ ।

पछिल्लो ३ वर्ष लगभग ठप्प रहेको जापान बिरामीको संख्या जति बढेपनि पुनः बन्द गर्ने या मानिसहरुको दैनिकीमा सिमा लगाउने पक्षमी छैन । परिणाम यतिखेर जापान विश्वकै उच्च कोरोना संक्रमण जोखिम मुलुकको सुचीमा रहेको छ । जापानको ४७ वटै प्रिफेक्चरहरुमा कोरोना संक्रमण संख्या हालसम्मकै उच्च कायम हुँदै आएको छ ।

यो बिचमा केहि मत्थर हुनेहोकि भनेर गरिएको अनुमान पनि गर्मी बिदा तथा ओबोन महोत्सवको लामो बिदा र मानिसहरुको चहलपहलले फेरि गलत सावित गराएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार