इन्दिरा खनाल / टोकियो

सधै बिहान ७ बजे उठ्ने छोरी अगस्त ११ तारीख बिहिबारको दिन ८:३० सम्म पनि उठीनन् । बेलुका सन्चै सुतेको हुनाले ढिलो सम्म सुत्दा खासै वास्ता गरिन । निद्राले नै सुतेकी होलिन् जस्तो लाग्यो तर उनी निद्राले नभइ ज्वोरोले निस्लोट भएर पल्टेकी रहिछन् ।

गुड मनिङ इबु ३/४ पटक भने कुनै प्रतिक्रिया जनाइनन् । सामान्य आवाज आउने बित्तिकै उठ्ने आज किन उठिनन् । आत्तीदै नजिकमा गए । अनुहारमा मसारे तातोले छुन नसक्ने थियो । ज्वोरो नापे ४१.२ देखायो । हैन होला भनेर फेरी नापे ३ पटक नाप्दा सम्म ४१.२ नै देखायो । छोरीलाई पनि कोभिड भएछ भन्ने लाग्यो (अघिल्लो साझँ करीब ९ बजे श्रीमानलाई कोभिड पोजेटिभ भएको रिपोट ईमेलमा आएको थियो ।)

आत्तिदै पानी पट्टी गरेँ र काखमा लिदै सधै चेक गराईरहेको क्लिनिकमा फोन गरे । फोन उठेन त्यसपछी २/३ बटा अस्पतालमा गरे कतै पनि उठेन । केही उपाए लाग्छ की भनेर (保健所) Health Care Center मा फोन गरे । उसले ३ वटा क्लिनिकको फोन नंम्बर दियो त्यहाँ पनि चेकजाँच हुन सकेन भने तुरुन्तै एम्बुलेन्सलाई फोन गरेर अस्पताल लानु भन्यो ।

保健所 ले दिएको एउटामा उठेन २ वटा क्लिनिकले त्यस दिन खाली छैन भोली बिहान ९:५० मा मात्र जाँच गर्न मिल्छ भन्यो । त्यस बिचमा फेरी ज्वोरो नापे ४१.८ पुग्यो मन झन आत्तियो पानी पट्टीले पनि केही काम गरेन बच्चालाई चलाउदा बोलाउदा केही प्रतिक्रिया छैन पानी दुध केही निल्दैन । तनाबले टाउको चट्किन थाल्यो । यता अस्पताल पाईदैन उता छोरी हलचल सम्म गर्दिनन् ।

अब अस्पताल पुर्याउने एउटै आसा एम्बुलेन्स थियो र त्यहाँ फोन गरे तुरुन्तै एम्बुलेन्स आयो र बच्चाको सबै गतीबिधी सोध्यो । १/१ गरी बताए । ज्वोरो, अक्सिजन जाँच गर्यो ज्वोरो ४१.८ थियो भने अक्सीजन पनि घटेको थियो ।

एम्बुलेन्स आएपछी अस्पताल पुग्नेमा ढुक्क थिए । तर एम्बुलेंसले पनि १ घण्टा सम्म अस्पताल खोज्यो कतै पाएन । खावागुचीको ईर्यो सेन्टर अस्पतालले लिएको थियो जहाँ मैले छोरीलाई जन्मदिएकी थिए तर फर्किदा सार्वजनिक यातायात टेक्सी,बस, ट्रेन केही प्रयोग गर्न नपाईने हिडेर आउन सम्भव नभएकोले त्यहाँ जान सकिएन । श्रीमानलाई पोजेटिभ देखिएपछि छोरीलाई पनि कोभिड नै हो भन्ने एम्बुलेन्सका स्टाफले पनि संका गरिरकेका थिए ।

त्यसपछी 保健所 लाई फोन गरे अस्पताल नपाएको कुरा भने र मलाई फाईलमा हस्ताक्षर गराई ごめなさい (माफ गर अस्पताल पाएनौ) भन्दै एम्बुलेन्सका स्टाफ फर्किए । अब छोरीलाई अस्पताल पुर्याउछु र उपचार गराउछु भन्ने आसा मरीसकेको थियो । जापान जस्तो ठाउमा पनि अस्पताल नपाएर यसरी छटपटाउनु पर्ने कस्तो ठाउमा आएछु आफैले आफैलाई धिक्कार्न थाले ।

भगवान पुकार्न थाले । सहयोग मागौं कस्को मागौं , भनौं कसलाई भनौं ? घरमा भएका श्रीमान अर्को कोठामा लडीरहनु भएको थियो । यता छोरीलाई झन पछी झन गार्हो बनाएको थियो स्वास छिटो छिटो फेर्न थालेकी थिईन उता श्रीमान अर्को कोठामा ज्वोरोले निस्लोट भएर सुत्नुभएको थियो । दिमागले केही काम गरेको थिएन । अघिल्लो दिन समाचार हेर्दा दिनमा २ लाख बढी नयाँ सक्रमीत थपीएका र मृत्यु पनि भएको झल्लक सम्झेँ । मनमा नराम्रा कुरा खेल्न थाले एक्लै रुन थाले । 保健所 ले गाडी पठाएपछी बल्ल अस्पताल पुर्याए ।

यत्तिकैमा 保健所 बाट फोन आयो र १२ बजेर ४५ मिनेटमा घरको तल आएर बस्नु आज एम्बुलेंस छैन गाडी आउछ बच्चालाई अस्पताल पुर्याएर चेक गरेर ल्याएर छोड्दिन्छ भन्यो । अस्पताल पनि 保健所 ले नै खोजीदिएको थियो । हुन्छ भन्दै फोन काटे त्यतीबेला १२:१० भएको थियो । ठीक समयमा 保健所 को गाडी आयो र निसी खावागुचीको साईसेकाई अस्पतालमा लगेर चेकजाँच भयो छोरीलाई पनि कोरोना पोजेटिभ देखियो ।

अस्पताल पुगेपछी छोरीले आखा खोलिन् र थोरै पानी पिइन् । चिकित्सकले ज्वोरो अत्यधिक छ औषधी नछुटाई खुवाउनु भन्दै १० दिनको औषधी दियो साथमा बान्ताको पनि दिदै घरमा गर्ने स्याहार बारे सिकायो । चेकजाँच, रिपोट र औषधी लिदा करीब १ घण्टा २० मिनेट खर्चेको थियो । त्यो समय 保健所 को स्टाफले हामीलाई गेटमा पर्खिरहेकी थीईन।

स्टाफ महिला थिइन् । उनले मलाई बाटोमा सम्झाउदै आईन उनको व्यवहार र सहानुभूतिले मेरो आत्मबल बढेको थियो । त्यसपछी घरमा आयौं श्रीमान छोरीको रिपोट र स्वास्थ्य अवस्था जान्न आत्तुर हुनुहुन्थ्यो । सबै कुरा बताए र छोरीलाई फर्मुला दूध दिए र चिकित्सकको सल्लाह अनुसार औषधी खुवाए । छोरीको अवस्था जटील भएका कारण श्रीमानको अवस्था बुझ्न सम्म पाएकी थिईन । टाउको, ज्वोरो, रुघा, खोकी र घाटी दुखाईले गार्हो बनाएको रहेछ ।

अस्पतालबाट आएपछी मात्र थाहा पाए । ज्वानो, जीरा, अदुवा र मह राखेर पानी पकाउदै थिए保健所 बाट फोन आयो र छोरीको स्वास्थ्य अवस्था बुझ्यो । गार्हो भए तुरुन्त फोन गर्नु भन्दै थप २ वटा फोन नम्बर टिप्न भन्यो । जसमा एउटा फ्लोअप सेन्टर र अर्को २४ सौं घण्टा सल्लाह लिन सकिने ठाउ थियो । त्यसपछी पनि ३/३ घण्टामा फोन गरेर छोरीको स्वास्थ्य अवस्था बुझिरहन्थ्यो ।

२/३ डोज़ औषधी दिदा पनि ज्वोरो घटेकै थिएन । छोरी छटपटाई रहने छिटोछिटो सास फेर्ने, बान्ता गर्ने, रुने शरीर अड्याउन नसक्ने गरिरहेकी थिईन । खाना दूध पानी केही खान नखोज्ने । केही फरक नपरेपछी राती ११:३० मा फोन गर्यौ र सल्लाह लिने काम गर्यौ। कोभिडले २/३ दिन अली बढी सताउछ ज्वोरो बसेन भने आइसले सेक्नु, एसी घटाएर कोठा चिसो पार्नु पानी पट्टी लगाईदिनु पानी दूध नखाएपनि जवरजस्ती खुवाउनु भन्दै नर्सले सल्लाह दिईन ।

यसै बिचमा केही साथी र आफन्तहरु संग पनि सल्लाह लियौं । सबैको सल्लाह अनुसार हामी पनि त्यसै गर्यौ । २ दिन पछि ज्वोरो बस्यो तर पखला र रुघा सुरु भयो । त्यो बिचमा मलाई पनि रुघा खोकी र घाटी असाध्यै दुखेको थियो । तर कसैलाई नभनी सहेर बसें । भनौ पनि कसलाई भनौं ३ जनाको परीवार छोरी र श्रीमान पहिले नै थला परिसक्नुभएको थियो ।

चौथो दिनबाट छोरी बिस्तारै खान, बोल्न, खेल्न सुरु गरीन छोरी र श्रीमानलाई बिस्तारै कम हुदै गयो । फेरी मलाई गाल्यो । त्यसपछी सहन सक्ने अवस्था रहेन । पीसीआर गर्दा पोजेटिभ देखियो । पहिले सामान्य लक्षण देखिदा खानपानमा ख्याल गरेको भए पछी यती धेरै गाल्ने थिएन होला । त्यतीबेला छोरी र श्रीमानको सेवा गर्दा आफ्नो वास्ता भएन दवाएर बस्ने काम भयो ।

जसले गर्दा ३ दिन निकै गार्हो बनायो । स्वास फेर्न पनि असहज भयो आवाज बन्द भएको थियो । यो समस्या मेरो मत्र नभई सिंगो परीवार नै संक्रमीत भई बच्चालाई गार्हो भएको अन्य महीलाहरुले पनी बताउनुभएको थियो । पछिल्लो समय जापानमा कोरोना संक्रमण अत्यधीक बढेको ।छ । दैनीक जसो २ लाख बढी नयाँ संक्रमित थपीदै गएका छन् ।

स्वास्थ अबस्था जटील हुदा पनि अस्पताल पाउन मुस्किल परेको छ । यस्तो अवस्था हुदा पनि हामी नेपालीहरु सार्वजनिक कार्यक्रम आयोजना, फ़ेस्टीवल, समूहमा भेटघाट , तीजका नाममा ठूलो भीडभाड गर्न छोडेका छैनौं । यसले यकातर्फ संक्रमीत भएर परीवार, बालबच्चालाई पीडा दिई पैसा, समय, समेत बर्बाद पारेको छ भने अर्कोतर्फ नकरात्मक सन्देश प्रवाह गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार