जापान।आज(२२ तारिख) बिहान १० बजेतिर को समयमा जापानको नागोया सहरको किता वार्डस्थित नागोया एक्सप्रेसवेमा बस पल्टिएर आगलागी हुँदा ९ जना घाईते भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा एउटा कारमा पनि आगो लागेको थियो, र आगो लगभग नियन्त्रणमा आएको छ । दमकल विभागका अनुसार, नौ जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाईते भएका २ जनाको १ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी र दमकल विभागका अनुसार घटनास्थलमा एउटा बस र एउटा यात्रुवाहक कारमा आगो लागेको र करिब ११ः३० बजे आगो निभाइएको थियो ।पल्टिएको बस नागोया स्टेसन र प्रीफेक्चरल नागोया एयरपोर्ट जोड्ने बस भएको अनुमान गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार