टोकियो/जापान । जापानको एक प्रमुख मोबाईल फोन सेवा केडिडिआई(KDDI)ले हिजो( २४ तारिख)राति फेरि पूर्वी जापानको केहि क्षेत्रका ८३ हजार मोबाईल फोन सेवा प्रयोगकर्ताहरु संचार विफलताको समस्याबाट प्रभावित भएको घोषणा गरेको छ । अघिल्लो महिना केडिडिआईको सेवा झण्डै ४ दिन देशभर ठप्प भएको थियो ।

हिजो केडिडिआईको नेटवर्क प्रयोग गर्ने au,UQ mobile तथा povo तिनवटै सेवा प्रभावित भएको थियो । राती ९ बाट ४५ मिनेटसम्म सेवा प्रभावित भएको बताईएको छ । सायद तपाई केडिडिआईको सेवा प्रयोगकर्ता हो भने हिजो राती केहि समय फोन सम्पर्क नहुने समस्या भोग्नुभएको पनि हुनसक्छ ।
कम्पनीका अनुसार टोकियोसहित पूर्वी जापानका १६ प्रिफेक्चरका ८३ हजार प्रयोगकर्ता प्रभावित भएका थिए ।

यद्यपी हिजो भ्वाईस कलमा समस्या देखिएता पनि ईन्टरनेट कम्युनिकेशन भने प्रभावित नभएको बताइएको छ ।
भ्वाइस नेटवर्कमा जडान गर्ने उपकरणहरू बिग्रिएपछि कम्पनीले अवस्थाबारे विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ।

KDDI ले भनेको छ ”हाम्रा ग्राहकहरूलाई पर्न गएको ठूलो असुविधाको लागि हामी गहिरो माफी चाहन्छौं।”
गत महिना लामो समय सेवा बन्द भएपछि KDDI ले गत महिना आन्तरिक मामिला र सञ्चार मन्त्रालयबाट प्रशासनिक निर्देशन प्राप्त गरेको थियो । तर फेरि एक महिना नहुँदै उस्तै प्रकृतिको समस्या देखिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार