टोकियो/जापान । गत महिमा गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५ करोड येन खर्च हुने अनुमान गरिएको छ।

अधिकतम ६ हजार ४ सय जना अतिथि तथा सुभेच्छुकहरुको सहभागीता रहने गरि आयोजना गरिन लागेको राजकिय अन्त्येष्टिका सम्पूर्ण खर्च राज्यकोषबाट गरिन लागेको किसिदा सरकारले यस अघि घोषणा गरेको थियो । यद्यपी,व्यापक विरोध पश्चात पुर्ण खर्छ सरकारले वेहोर्ने या अन्य स्रोतबाट पनि लिने भन्ने विषयमा भने पुनरेवलोकन गरिने बताईएको छ ।

यसलाई मन्त्रिपरिषद बैठकले टुघो लगाउने छ। जापानमा कोरोना संक्रमण अत्याधिक फैलिरहेको जोखिमपुर्ण अवस्थामा ६ हजार जनाभन्दा बढी सहभागीहरु सहित आयोजना गरिने समारोहमा,कोरोना संक्रमण रोकथाम तथा त्यसका लागि आवश्यक व्यवस्थापनमा ठूलो खर्च हुने भएको हो ।

सत्तारुढ दलको चुनावी प्रचारको क्रममा हत्या भएका पूर्वप्रधानमन्त्रीको राजकिय अन्त्येष्टिमा सरकारी ढुकुटी प्रयोग हुनु आम जनताको करको दुरुपयोग गरिनु हो भन्दै केहि नागरिक समूहरु विगत १ महिनादेखि निरन्तर विरोधमा छन् । आबेको राजकिय अन्त्येष्टिको तीब्र तयारीमा रहेको सरकारले,टोकियो बुदोउखानमा सेप्टेम्बर २७ तारिख समारोह आयोजना गर्दैछ ।

आबेको राजकिय अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुन लागेको हो । यस अघि सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो।

विश्वका शक्ती राष्ट्रहरुका राष्ट्रप्रमुखहरुको उल्लेख्य उपस्थिती हुने अपेक्षा गरिएको अन्त्येष्टिमा हालसम्म,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुने तय भएको बताईएको छ ।

परराष्ट्र मन्त्रालयले जापानसँग कूटनीतिक सम्बन्ध रहेका १९५ देश र क्षेत्रलाई कार्यतालिकाबारे जानकारी गराएको समाचारहरुमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार