जापान । हिजो(२६ तारिख) बिहान नागोया सहरक। प्रमुख खावामुराको कार्यालय तथा नागोया शहरको नागोया सिटी हलमा बिस्फोटक पदार्थ सहितको खामभित्र राखिएको पार्सल पठाइएको थियो। नागोया सहरको सिटी हलमा यहि २५ तारिखदेखि “अभिव्यक्ति असक्त”विषयवस्तुमा प्रदर्शनी आयोजना गरिएको थियो।

नागोया सहरका मेयर खावामुराले २६ तारिख बिहान सिटी हलमा पत्रकारहरुलाई भने कि हिगाशी वार्डमा रहेको उनको कार्यालय, सिटी हलको सचिवालय र नागोया सिटी कल्चरल प्रमोशन एजेन्सीमा सम्भावित विष्फोट भएको पार्सल पठाईएको थियो ।

अधिकारीहरूका अनुसार खाममा विष्फोटक पदार्थ र कागजमा टेपले टासिएको सिसाको तारजस्तो केही शंकाष्पद वस्तु थियो ।

ति विष्फोटक पदार्थहरु कुनै पनि ठाउँमा विस्फोट भएन र कोहि क्षति भने पुगेको छैन ।त्यस खाममा प्रेषकको कुनै उल्लेख थिएन र कुनै कागजातहरू समावेश गरिएको थिएन।

नागोया सहरमा २५ तारिखदेखि सहरको स्वामित्वमा रहेको ‘सिटिजन ग्यालरी साकाई’ मा ” अभिव्यक्ति अपांगता”भन्ने बिषयसहितको प्रदर्शनी आयोजना गरिएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार