टोकियो/जापान। जापान भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा सुधार आउने अपेक्षामा जापान टुरिजम एजेन्सीले यस क्षेत्रमा अहिलेसम्म आकर्षित हुन नसकेका धनाढ्यहरूलाई आकर्षित गर्न नमूना पर्यटकीय गन्तव्य छनोट गरी क्षेत्रीय पर्यटन रणनीतिलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जापान टुरिजम एजेन्सीका अनुसार कोरोना संकट अघि सन २०१९ मा विदेशी पर्यटकको संख्या वार्षिक २ करोड ८० लाख नाघेको थियो ।त्यस समय केही धनी व्यक्तिले एकै यात्रामा १० लाख येनभन्दा बढी खर्च गर्ने गरेका थिए । यद्यपि, यी धनीहरूमध्ये धेरैले टोकियो र ओसाका जस्ता ठूला शहरहरूमा भ्रमण गर्ने गरेका थिए ।

अन्य क्षेत्रहरूमा उनीहरूको भ्रमण विस्तार गर्न र स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्नु चुनौतीपूर्ण रहँदै आएको छ । जापान भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा सुधार आउने अपेक्षामा जापान टुरिजम एजेन्सीले यस आर्थिक वर्षमा धनी व्यक्तिलाई क्षेत्रीय पर्यटकीय गन्तव्यतर्फ आकर्षित गर्ने प्रयासस्वरुप करिब १० वटा नमूना पर्यटकीय गन्तव्य छनोट गरी क्षेत्रीय पर्यटन रणनीतिमा जोड दिने बताईएको छ ।

साथै, जापान राष्ट्रिय पर्यटन संगठन मार्फत, विदेशी ट्राभल एजेन्सीहरूलाई पनि पर्यटक स्थलहरू बेच्ने तयारी गरिएको छ ।जापान टुरिजम एजेन्सीले नमूना क्षेत्रहरूमा उच्च मूल्यवर्धित सेवाहरू प्रदान गर्न सक्षम हुने आशा गरेको छ, जसले यस क्षेत्रमा विदेशी पर्यटकहरूको खपत बढाउनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार