योकोहमा/जापान। कानागावा नेपाली कम्युनिटीले हिजो(अगस्ट ३० तारिख) तीज कार्यक्रम सम्पन्न गरेको छ। बिगत लामो समयदेखी यस संस्थाले निःशुल्क प्रवेश र दर खुवाउने कार्यक्रम गर्दै आएको छ। सोही क्रममा यस वर्षपनि कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ ले गरेका थिए भने प्रमुख अतिथिमा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी र बिशेष अतिथिहरूमा संरक्षक जिज्ञान कुमार थापा, निवर्तमान अध्यक्ष हरि सापकोटा, निर्वाचन मण्डलका संयोजक प्रकाश पौडेल माईला, सदस्यहरू बाबुराम भण्डारी, लोकनाथ वस्ति, एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ र सल्लाहकार देवीलाल भण्डारी थिए।
तीज कार्यक्रमकै अवसरमा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो। कार्यक्रममा शान्ता जिसी,अमित सापकोटा, खेमराज पौडेल, शर्मिला तामाङ, निशा क्षेत्रि,र शिव केसी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
सहभागी महिला दिदीबहिनीहरुले भरपर मनोरन्जन लिदै सांगितिक माहोलमा नृत्य गरेका थिए। स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष यमकान्त कंडेल र संचालन सचिव सुशिल तिवारी को रहेको थियो।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




