जापान। एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ ।फोन सार्वजनिक हुने मितितय भएपनि आईफोन १४ मा उपलब्ध हुने फिचरबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् ।

यस्तोमा फोनमा उपलब्ध हुने विभिन्न फिचरबारे अनुमान गर्ने क्रम चलिरहेको छ ।यसैबीच नयाँ आईफोनले स्याटलाइट नेटवर्कसमेतसर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजी जस्ता सेलुलर नेटवर्कले काम नगर्ने स्थानमा स्याटलाइट नेटवर्कले काम गर्नेछ।

त्यो भन्दा यो फिचर प्राकृतिक विपत्‌को समयमा सबैभन्दा बढी प्रभावकारी हुने अनुमान गरिएको छ । प्राकृतिक विपतले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा स्याटलाइट कनेक्सनमार्फत सम्पर्क स्थापित गर्न सकिन्छ ।

साथै कतै घुम्न गएको अवस्थामा हराउँदा अथवा नेटवर्क नभएर हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न यो फिचर निकै फलदायी हुनेअनुमान गरिएको छ ।अघिल्लो सातामात्रै एलन मस्कको कम्पनी स्पेसएक्सले मोबाइल स्याटलाइट इन्टरनेट सेवाको सुरुवात गरेकोथियो । त्यो हुँदा सोही स्याटलाइट मार्फत पनि आईफोनले काम गर्न सक्ने अनुमान गरिएको छ । 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार