टोकियो/जापान। जापानी येन २४ वर्षयताकै सबैभन्दा कमजोर बनेको छ । पछिल्लो पटक १ डलर किन्न १ सय ३९ येनसम्म खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ । विदेशी मुद्रा बजारमा आज , डलरको तुलनामा येनको यो अवमूल्यन १९९८ को सेप्टेम्बर पछि २४ वर्षमा पहिलो पटक दोहोरिएको हो ।

यूएस फेडरल रिजर्भ बोर्ड (एफआरबी) ले ब्याज दरहरू तीव्र रूपमा बढाउने व्यापक अनुमान चलिरहेको बेला, बैंक अफ जापानले ठूलो मात्रामा मौद्रिक सहजता जारी राख्ने आफ्नो अडान परिवर्तन गरेको छैन, परिणामा मानिसहरु आफुलंग भएको येन बेचेर डलर किन्न चाहन्छन् भने येन किन्ने क्रेताहरु बजारमा लगभग शुन्य छ ।

येन बेच्ने र जापान तथा संयुक्त राज्य अमेरिका बीचको ब्याज दर भिन्नता फराकिलो हुने अनुमान सहित प्रति १ डलर १४० को बिन्दुमा पुग्ने संकेत गरेको छ । जापानमा यस वर्षको सुरुवातदेखिनै मुद्रास्फीति बढ्दो छ । जापानको केन्द्रिय बैंकको स्थिर निति तथा प्रत्यक्ष प्रभाव पार्ने अमेरिकी रिजर्व बैंकको बढ्दो प्रतिफलका कारण निरन्तर येन कमजोर बन्दै गईरहेको छ ।

कमजोर जापानी येन,रुस युक्रेन आक्रमणबाट प्रभावित ढुवानी तथा तेल आपुर्ति लगायतका विभिन्न कारणले जापानको बजार भाउ ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । दैनिक उपभोग्य वस्तु तथा सेवा मात्रै होईन जापान शतप्रतिशत वस्तु तथा सेवाहरुमा अघिल्लो वर्षको तुलनामा कम्तिमा ३ गुणा मूल्य बढेको छ ।

एकातिक महंगीका कारण बचत छैन भने अर्कोतर्फ भएका बचतहरु पनि कमजोर जापानी येनका कारण रेमिट्यान्स गर्दा ठूलो मात्रामा घाटा ब्योहोर्नुपर्ने अवस्था कायम छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार