कावासाकी/जापान। नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा आयोजना गरिएको कार्यक्रम अपेक्षा गरिए भन्दा बढी उपस्थितिले भव्य अनि सफल भएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले बताए । सो कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक-गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी, शिवा के.सी.लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिएका थिए।

नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शिवप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए।लक्ष्मी सापकोटाले स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रमको सहजीकरण संस्थाका महासचिव सुरेश सापकोटाले गरेका थिए भने

साँस्कृतिक कार्यक्रमको सहजीकरण गायक तथा संस्थाका कोषाध्यक्ष खेमराज पौडेलले गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार