टोकियो/जापान। जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने जानकारी गराएका छन् ।

बुधबार साँझ दूतावासमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेकाले संकलन गरिने बताएका हुन् ।

राजदूत सुवेदीले,टोकियो स्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसंगै अन्य हरेक नेपाली जापानमा नेपालको प्रतिनिधि हो भन्ने महसुस गराउन यसले सहज हुने भन्दै आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारी समेत थाहा पाउन सजिलो हुने बताए ।

यसका लागि केही दिन भित्र निर्देशिका लगायतका काम सुरु हुने जानकारी गराईएको छ । सोही अवसरमा उनले आफनो ४ वर्षे कार्यकालमा मुख्यगरि ४ महत्वपूर्ण विषयमा केन्द्रीत रहेर काम गर्ने जानकारी गराए ।

नेपाल र जापानबीचको सम्वन्धलाई थप नयाँ उचाईमा पुर्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मीक, सास्कृतिक, व्यवसायीक सहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजवुत सम्वन्ध अभिवृद्धि गर्न पहल गर्ने बताए।

यसैगरि सरकारी स्तरबाट नेपालको फोहोर मैला व्यवस्थापन र विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। यस्तै राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज र सिघ्र बनाउन “नो टुमरो पोलेसी” “आजको काम आजै” कार्यान्वयन गर्ने दावी समेत गरे।

हाल राहदानी सेवा पासपोर्ट नविकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिई रहेकामा यसलाई बढाएर दोब्बर बनाउने तयारी गरिएको पनि जानकारी गराए। यस्तै ईपासपोर्ट बनाउन हाल दूतावास मै जानुपर्ने अवस्थालाई घटाउन नेपालीहरुको घनत्व रहेका स्थानमा मोवाईल घुम्ती सेवा पुर्याउने तयारी गरिरहेको जानकारी दिए ।

यसका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र स्थानिय स्तरमा रहेका नेपाली संघसस्थासंग सहकार्य गरेर काम गर्ने तयारी रहेको बताईएको छ । । टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने यसैबीच राजदूत सुवेदीले जापानको टोकियो दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको जानकारी गराईएको छ।

यसैगरि सामाजिक संजालबाट समेत गुनासो र सेवा वारे जानकारी प्रदान गर्न अफिसियल नयॅा टुईटर र पुरानो फेसबुक पेजलाई सुचारू गरिएको पनि उल्लेख गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार