टोकियो/जापान। बिहिबार (सेप्टेम्बर १ तारिख)जापानी येन पछिल्लो २४ वर्षयताकै कमजोर स्थितीमा पुग्यो । जापानी मुद्रा हिजो १ डलर बराबर १४० येनमा कारोबार भयो ।

जापानी येन डलरसंगको तुलनामा यतिकमजोर बनेको सन १९९८ को अगस्ट पछि पहिलो पटक हो । यस वर्षको सुरुवातीदेखि नै जापानी येन निरन्तर कमजोर बनिरहेको छ । जापानी येनको यो अवमूल्यनले आयातित वस्तु तथा सेवाहरुको मूल्य बढाएको छ ।

स्थीर जापानी मौद्रिक नीति तथा न्युन प्रतिफल र अमेरिकी रिजर्व बैंकको अधिक प्रतिफल सहितको नयाँ मौद्रिक नीति जारी हुने अनुमानमा विगतदेखिनै लगानीकर्ताहरु जापानी येन बेच्दै डलर खरिद गरिरहेका छन् ।

बजारमा यतिखेर डलर किन्ने र येन बेच्नेहरुको भिड छ । विदेशी मुद्रा विनिमय बजारमा यतिखेर जापानी येन यति फालाफालको स्थितिमा छ कि त्यसमा लगानी गर्न कोहि ईच्छुक छैनन् ।

यसरी, डलरको तुलनामा जापानी कमजोर हुँदा जापानले विदेशी पर्यटकहरु भित्र्याएर लाभ लिनसक्ने अनुमान सहित कोरोना माहामारीका बाबजुद पनि पर्यटन भिसाहरुलाई पनि सहज बनाउने प्रयास गरिरहेको छ भने,निर्यात बढाउन सकिने सम्भावना रहेकाले त्यसतर्फ पनि प्रयत्न गरिरहेको छ ।

तर विश्वव्यापीरुपमा कोरोना माहमारीले तहस नहस पारेको अर्थतन्त्र र रसिया युद्दका कारण कच्चा पदार्थ तथा ईन्धनहरुको बढ्दो मुल्यका कारण जापानले यि अवसरहरु पनि उपयोग गर्न सकिरहेको छैन । यसरी, जापानी येन कमजोर बन्दा,जापानीहरु मात्रै नभई जापानमा बसोबास गर्ने लाखौँ विदेशीहरु प्रत्यक्ष प्रावित छन् ।

मुद्रास्फीतिका कारण आफ्नो कमाईको ७० प्रतिशतभन्दा बढी रकम दैनिक आधारभूत आवश्यकता पुरा गर्न खर्चिनु परेको छ भने बचेको थोरै रकम रेमिट्यान्स गरौँ भन्दा पनि रेट एकदमै कमजोर अवस्थामा पुगेको छ ।

आजकै रेटमा यदि कोहि नेपालीले जापानबाट १ लाख रुपैँया नेपाल पठाउन चाहेमा १ लाख ११ हजार ९ सय येनभन्दा धेरै पठाउनुपर्नेछ । यसले चाडबाडमा नेपाल पैसा पठाउन चाहने नेपालीहरु पनि मर्कामा परेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार