बुटवल । आफ्नी प्रेमिकालाई जंगलमा लगेर हत्या गर्ने अभियुक्तलाई रुपन्देही प्रहरीले हत्याको झन्डै २ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले अभियुक्त कपिलवस्तुको शिवराज नगरपालिका –७ का ३६ वर्षीय काशिराम मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार भदौ १६ मा पक्राउ परेका उनलाई प्रारम्भिक अनुसन्धानपछि ७ दिनको म्याद लिएर थप अनुसन्धानमा राखिएको छ । मुराउले अवैध गर्भ रहेपछि ७ महिनाको गर्भसहित ३४ वर्षीय वसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेका थिए । उनी गुल्मीको साबिक अर्खवाङ गाविस–२ घरभई रुपन्देही तिलोत्तमा नगरपालिका३ मा बस्दै आएकी थिइन् ।
प्रहरीले २०७७ माघ १० गते सैनामैना नगरपालिका ११ शितलापुर फायर लाइनमा महिलाको शव फेला पारेको थियो । झन्डै २ वर्षपछि महिलाको सनाखत भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । अभियुक्तले विगत ४ वर्षदेखि प्रेम सन्बन्ध रहेको र दुवैतिर सन्तान परिवार भएकाले जंगलमा लगेर घाँटी थिची हत्या गरी रुखमा बाँधेर फरार रहेको स्विकारेको प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
उनीहरुबीच प्रेमपछि लोडर ड्राईभर काशिरामले बसन्तीलाई वैशख २०७७ कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा कोठा भाडामा लिएर राखेका थिए । तर, उनी गर्भवती भएको थाह पाएपछि भने बारम्बार गर्भ फाल्न दबाब दिएका थिए । ०७७ को पुस अन्तिम हप्तामा बुटवल आफन्तकहाँ गएकी वसन्तीलाई काशिराम आफैं बुटबल फूलबारीसम्म लिन गई सालझण्डीसम्म बसमा आएका थिए ।
सालझण्डीमा लोकल रक्सी र दालमोट किनी आफूलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने हुनाले नजिकैको जंगलमा जाउ उतै रक्सी खाएर रमाइलो गरौला भनी दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा गई रक्सी सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




