टोकियो/जापान। तपाई यदि राकुतेन मोबाईल(楽天モバイル) मोबाईल प्रयोग गर्नुहुन्छ भने,आज बिहान ११ बजेदेखि कतै/कतै नेटवर्कमा समस्या भएको कम्पनीले जनाएको छ ।

राकुतेन मोबाईलका प्रयोगकर्ताहरुले आज बिहान ११ बजेदेखि मोबाइल फोन कल र डाटा कम्युनिकेसन प्रयोग गर्न गाह्रो भएको थियो । कम्पनीका अनुसार अहिले दिउँसो १ः३० बजेतिरबाट समस्याको समाधान भएको छ । यद्यपी अझै कहि कतै केहि समस्या हुनसक्ने बताईएको छ ।

के कारणले गर्दा यस्तो समस्या भयो भन्ने यकिन नभएता पनि सिस्टममा खराबी देखिएका कारणले गर्दा समस्या आएको अनुमान गरिएको छ । अहिले कम्पनीले संचार विफलताको प्रभावबारे विस्तृत रूपमा अनुसन्धान सुरु गरेको बताएको छ।

राकुतेन मोबाईलले आफ्नो सेवामा देखिएको समस्याका कारण अप्ठ्यारो परिस्थिति भोग्नु परेकोमा प्रभावित ग्राहकहरु समक्ष क्षमायाचना गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार