काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि आयोजना भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको समान दुई गोलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् ।
पहिलो हाफका एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफको दोस्रो गोलको लागि ६८औं मिनेट कुर्नुपरेको थियो । सावित्राले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्द नेपाललाई २–० को अग्रता दिलाए । यससँगै सावित्रा भुटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएकी थिइन् । साफमा भुटानविरुद्ध उनको यो १०औं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ४०औं गोल हो ।
त्यसपछिको दुवै गोल अनिता बस्नेतको नाममा रह्यो । ७३औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । उनले चार डिफेन्डरलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । ८५औं मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाए । अनिता केसीको क्रसलाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई अनिताले नियन्त्रणमा लिदै गोल गर्न सफल भएकी हुन् ।
यस जितसँगै नेपालले समूह ए मा ३ अंक जोडेको छ । नेपालले अब भदौ २७ गते श्रीलंकाको सामना गर्नेछ । भोली प्रतियोगिताको समूह बी मा दुई खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् । दोस्रो खेलमा साँझ ५ः३० बजे बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




