टोकियो/जापान। जापानको समय अनुसार आज राती २ बजेपछि(८ सेप्टेम्बर) एप्पल इभेन्ट आयोजना हुँदै छ । यो इभेन्टमा एप्पलका विभिन्न उत्पादन सार्वजनिक हुने अनुमान गरिएको छ । यसअन्तर्गत मुख्य आकर्षणका रूपमा आईफोन १४ सिरिज रहेको छ ।

नयाँ आईफोन आउँदा स्वभावैले प्रयोग गर्ने चाहना तपाईँले पनि राख्नुभएको छ होला । यदि तपाईँ आईफोन १३ प्रयोगकर्ता हुनुहुन्छ भने आईफोन १४ आफूलाई उपयुक्त हुने नहुने कुरामा द्विविधामा पर्नु भएको हुनसक्छ ।आईफोनको नयाँ मोडेलमा शिफ्ट हुन चाहनुहुन्छ भने यो लेख तपाईँका लागि उपयुक्त हुनसक्छ । यहाँ हामीले आईफोन १३ का विभिन्न मोडेलको तुलना आईफोन १४ सिरिजसँग गरेका छौँ, जसले गर्दा तपाईँले उक्त फोन आफूलाई उपयुक्त भए नभएको विश्लेषण गर्न सक्नुहुन्छ ।

आईफोन १३
आईफोन १३ आधिकारिक रूपमा १४ सेप्टेम्बर २०२१ मा सार्वजनिक भएको थियो । यसमा भएको सबैभन्दा उत्कृष्ट फिचर भनेको यसको पर्फमेन्स हो, जसले जोकोहीलाई आकर्षित पार्छ ।

त्यस्तै आकर्षक तथा गुणस्तरीय डिस्प्ले र उत्कृष्ट क्यामेरा हुनु यो फोनको राम्रो पक्ष हो । अहिले आईफोनको नयाँ मोडेल सार्वजनिक हुन लागेको हुँदा धेरैलाई आईफोन १३ हुनेले आईफोन १४ र आईफोन १३ मध्ये कुन उपयुक्त भन्ने कुराको खोजी गरिरहेका हुन्छन् ।

सबैभन्दा पहिले कुरा गरौँ यी फोनमा हुने चिपसेटबारे । आईफोन १३ जस्तै आईफोन १४ मा पनि ए१५ बायोनिक सिलिकन चिप हुने अपेक्षा गरिएको छ । एप्पलले नयाँ मोडेलमा र्‍याम बढाउनसक्छ । तर, र्‍याम बढाउँदैमा यसको पर्फमेन्समा पहिलेको भन्दा धेरै भिन्नता हुन्छ भन्ने हुँदैन ।

र्‍याममा हुने वृद्धिलाई नै लिएर आईफोन १४ लिने सोच्नु भएको छ भने त्यो उपयुक्त हुँदैन । एप्पलले सार्वजनिक गर्ने नयाँ मोडेलको क्यामेरामा केही नयाँ फिचरहरू थपिने अपेक्षा गरिएको छ ।

तर, हामी के अनुमान गर्न सक्छौँ भने यसमा नयाँ फिचर थपिए पनि क्यामेराका लागि प्रयोग हुने हार्डवेयर भने उही नै रहनेछ । यसको फ्रन्ट क्यामेरा भने आईफोन १३ भन्दा केही सुधार भएर आउनेछ ।आईफोन १३ र आईफोन १४ मा प्रायः फिचर समान हुने भए तापनि यसको डिस्प्लेको रिफ्रेस रेटमा भने केही बदलाव आउन सक्नेछ ।

आईफोन १३ मा ६० हर्ज रिफ्रेस रेट रहेको छ बने प्रो मोडेलमा १२० हर्ज रिफ्रेश रेट रहेको छ । तर, आईफोन १४ मा भने डिस्प्लेको रिफ्रेस रेट ९० हर्ज हुनसक्ने अनुमान गरिएको छ ।

रिफ्रेस रेट, र्‍याम, फर्फमेन्स र क्यामेराका फिचरका लागि नयाँ मोडेल अर्थात् आईफोन १४ लिने सोच्नुभएको छ भने तपाईँका लागि उपयुक्त हुन सक्छ ।

आईफोन १३ र १३ प्रो म्याक्स
आईफोन १३ र १३ प्रो पनि १४ सेप्टेम्बर २०२१ मा सार्वजनिक भएका थिए ।यी मोडेलका सबैभन्दा आकर्षक फिचर भनेको ए१५ बायोनिक चिपको पर्फमेन्स, आकर्षक तथा गुणस्तरीय डिस्प्ले र उत्कृष्ट क्यामेरा हो ।

यी मोडेलमा अभाव भएको कुरा भनेको फास्ट चार्जिङ हो ।

एप्पलले आईफोन १४ प्रो मोडेलमा भने ए१६ बायोनिक चिप हुने बताइएको छ, जसले आईफोन १३ प्रो मोडेलका तुलनामा राम्रो पर्फमेन्स दिनसक्छ ।

आईफोन १४ प्रो मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । र, अगाडि डिस्प्लेमा हुने नच (Notch) आईफोन १३ प्रो मोडेलभन्दा सानो रहनेछ ।आईफोन १३ प्रोमा कमी भएको फिचर हाे, फास्ट चार्जिङ । यदि तपाईँलाई आईफोन १३ प्रोमा फास्ट चार्जिङको अभाव खड्किरहेको छ भने आईफोन १४ प्रो लिन सक्नुहुन्छ । किनभने यसले ३० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ ।

यदि तपाईँ आईफोनको नयाँ मोडेलको नचमा परिवर्तन खोजिरहनु भएको छ, त्यसैमा फास्ट चार्जिङ, आकर्षक वाइड तथा अल्ट्रावाइड क्यामेरा खोजिरहनु भएको छ भने आईफोन १४ प्रो उपयुक्त हुनसक्छ ।

आईफोन १३ मिनी
आईफोन १३ मिनी पनि आईफोन १३, १३ प्रो र १३ प्रो म्याक्ससँगै सार्वजनिक भएको मोडेल हो । यसमा ए१५ बायोनिक चिप छ ।

यो मोडेलमा ब्याट्री लाइफ भने कम छ ।

यदि तपाईँसँग आईफोन १३ मिनीको ५.४ इन्चको सानो डिस्प्लेले गर्दा आईफोन १४ सिरिजको कुनै नौलो मोडेल लिने सोचिरहनु भएको हुनसक्छ । त्यसका लागि नै हो भने तपाईँले ६.७ इन्च डिस्प्ले रहेको आईपोन १४ लिन सक्नुहुन्छ ।

आईफोन १३ मिनी प्रयोग गरिरहनु भएको छ र चिपकै कारणले आईफोन १४ को कुनै मोडेल लिने सोचिरहनु भएको छ भने आईफोन १४ उपयुक्त नहुन सक्छ ।

किनभने चिपको सन्दर्भमा आईफोन १३ मिनी र आईफोन १४ मा त्यति भिन्नता नहुने बताइएको छ ।

तर, ब्याट्री र डिस्प्लेका लागि आईफोन १४ को प्रो मोडेल लिन खोजिरहनु भएको छ भने तपाईँलाई ती मोडेल तुलनात्मक हिसाबले केही महँगो लाग्नसक्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार